सहकारी स्थापना भएसंगै प्रशस्तै रोजगारी
धनगढी, २६ फागुन । जिल्लामा सहकारी संस्था स्थापना हुनेक्रम बढेसँगै रोजगारी र स्वरोजगारीका अवसर पनि सिर्जना हुन थालेका छन् ।
जिल्लाको कुल जनसङ्ख्याको करिब १६ प्रतिशत अर्थात् एक लाख ४० हजार जनसङ्ख्या सहकारी संस्थामा अबद्ध भएकामा करिब एक हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै अप्रत्यक्षरुपमा पनि सयाँै व्यक्तिले रोजगारी पाएका छन् । जिल्लामा सबैभन्दा बढी ग्रामीण विद्युत्सम्बन्धी सहकारी संस्था १६०, कृषिसम्बन्धी १२२, बचत तथा ऋणसम्बन्धी १०१ संस्था सञ्चालनमा रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीले जनाएको छ ।
“सहकारी संस्था दर्ताको क्रम बढेसँगै रोजगारीका अवसर पनि बढेका छन्, कार्यालयका प्राचार्य खेमराज विष्टले भने, “यसबाट सहकारीमा आबद्ध भएकाहरूको क्षमता विकासका साथै सामाजिक परिचालनसम्बन्धी गतिविधि पनि बढेको छ ।” सहकारीमा आबद्ध हुनेको क्षमता विकासले संस्थालाई गतिशील बनाउन र सामाजिक परिचालनले आर्थिक उपलब्धिको समूचित उपयोगमा टेवा पुगेको जनाइएको छ ।
राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका केन्द्रीय सदस्य भोजबहादुर बमले बेरोजगारलाई रोजगारी उपलब्ध गराउन अधिकांश सहकारी संस्थाले कृषि उत्पादनमा लगानी बढाउन लागेको बताए । गरिब र धनीहरूबीचको आर्थिक रुपमा देखिएको कम गर्न सहकारी संस्थाले पुलको काम गरिहेकाले यसबाट देशमा विद्यमान गरिबी र बेरोजगारीको समस्या समाधानमा केही हदसम्म टेवा पुग्ने विश्वास गरे ।
यस क्षेत्रमा हाल करिब ५०० सङ्ख्यामा सहकारी संस्था स्थापना भइसकेका छन् । वार्षिक पाँच करोडभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरूको सङ्ख्या कैलालीमा तीन र कञ्चनपुरमा दुईसमेत जम्मा पाँच पुगेको छ । धनगढीस्थित नवजीवन सहकारी संस्था को–अपरेटिभ लिमिटेडको वार्षिक कारोबार एक अर्ब पाँच करोड तीन लाखभन्दा बढी पुगेको छ भने बलियो गाविसस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५ करोड ६५ लाखभन्दा बढी पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार