प्रथम राष्ट्रिय सहकारी महासम्मेलनमा सहभागी हुने बारे जरूरी सूचना
नेपालको सहकारी इतिहासमा पहिलो पटक नेपाल सरकार, सहकारी तथा गरीवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी विकास वोर्ड र सहकारी विभागको संयुक्त आयोजना तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष “डोम पाउलिन ग्रिन” लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरकारी तथा सहकारीस“ग सम्बद्ध निकायका ७ सय ५० भन्दा वढि प्रतिनिधिहरूको सहभागितामा काठमाडौंमा मिति २०७० चैत्र ११, १२ र १३ गते “प्रथम राष्ट्रिय सहकारी महासम्मेलन” सम्पन्न हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउ“दै सो सम्मेलनमा भाग लिन नाम दर्ता नगराएका उपत्यका वाहीरका सहकारी संघ÷संस्थाहरुका लागि २०७० फागुन २७ गते सम्मका लागि समयावधि थप गरिएकोले उत्त, समयावधि भित्र आ आफ्ना प्रतिनिधिहरुको नाम दर्ता गर्नु गराउनु भै सिट सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछौं ।
साथै, चैत्र ११ गते शहरका विभिन्न भागवाट निस्केको वृहत र्याली दिउसो १ वजे दशरथ रंगशालामा गई सभामा परिणत भई प्रथम राष्ट्रिय सहकारी महासम्मेलनको विधिवत समुद्घाटन गर्ने समेत कार्यक्रम तय गरिएकोले विशेषत काठमाडौं, ललितपुर, भक्तपुर, धादि∙, नुवाकोट र काभ्रे जिल्लाका सम्पूर्ण सहकारी संघ÷संस्थाहरू तथा सहकारीकर्मीहरूलाई आ—आफ्ना पहिचान झल्काउने वाजा गाजा,भेष भुषा झल्काउने झा“की सहित सक्रिय सहभागिताका लागि समेत हार्दिक अनुरोध गर्दछौ ।
महासम्मेलन सम्वन्धी विस्तृत जानकारी र रजिष्ट्रेशन फारमका सम्बन्धमा महासम्मेलनको वेववसाईट www.ncfnepal.com.np/nepalcoopcongress मा हेर्नु हुन वा महासम्मेलनको सचिवालय राष्ट्रिय सहकारी संघ लि. नेपालमा सम्पर्क गर्न हुन अनुरोध छ ।
प्रथम राष्ट्रिय सहकारी महासम्मेलनको सचिवालय
राष्ट्रिय सहकारी संघ लि. नेपाल
विजुलीबजार, काठमाडौं
फोन नं.ः ०१–४७८१५१०, ४७८१६९७
फ्याक्सः ०१–४७८१३२६
इमेलः ncfnepal@wlink.com.np
वेवसाईटः www.ncfnepal.com.np/nepalcoopcongress
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार