चैत ११, १२ र १३ मा प्रथम राष्ट्रिय सहकारी महासम्मेलन
काठमाडौं, १८ फागुन । नेपालमा पहिलो पटक प्रथम राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । ‘सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने नाराका साथ हुने महासम्मेलन चैत ११, १२ र १३ गते काठमाडौंको सोल्टी होटलमा हुनेछ ।
महासम्मेलनमा अन्तराट्रिय सहकारी महासंघका अध्यक्ष डेम पाउसलन ग्रिन लगायत विभिन्न प्रतिनिधिहरु आउने छन् । विदेशी तथा स्वदेशी विभिन्न निकायका गरी ७ सय ५० जनाको सहभागी रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । महासम्मेलनको उद्घाटन ११ गते काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, काभे्रका सहकारीकर्मीहरु बाजा, भेषभुषा झल्काउने झाँकी सहितको र्याली दशरथ रंगशालामा पुगेर सभामा परिणत हुने जनाएको छ । सम्मेलनको दास्रो र तेस्रो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विद्हरुद्वारा सहकारी उद्यम व्यवसायिक मोडल, नेपालको सहकारी अभियानः सन् २०२० को परिकल्पना, गरीबी निवारणमा सहकारी, राष्ट्रिय सहकारी नीति, कानुन, सहकारी शुसासन, कर क्षेत्रका सवाल र भावीनीति, वित्तिय, कृषि सेवा, उत्पादन विविधिकरण र वजारीकरण, महिला तथा युवाको सहभागीता लगायतका कार्यपत्र प्रस्तुत तथा छलफल सहितको घोषजापत्र जारी हुने सम्मेलनका सहअध्यक्ष तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद वडालले जानकारी दिए ।
सहकारी प्रतिको विश्वसनियता बृद्धि गरी तीनका सेवा तथा उत्पादनलाई अझ गुणात्मक तथा प्रतिस्पर्धि बनाई सहकारी आदर्श अनुरुप सदस्य, समुदाय तथा राष्ट्रमा सहकारीको छवीलाई गाढा बनाउने, कमजोर वर्ग, क्षेत्र र समुदायको आर्थिक उपार्जन र सामाजिक सशक्तिकरणमा सहकारी पद्धतिलाई उत्तम व्यवसायिक मोडलका रुपमा अपनाउन महासम्मेलनमार्फत विश्वास गरीएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार