८ वैशाख २०८३, मङ्गलबार

सहकारी सुशासनका लागि समुदायनै जिम्मेवार

२०७० फागुन १८, आईतवार
सहकारी सुशासनका लागि समुदायनै जिम्मेवार

रौतहट, १८ फागुन । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारी सुशासनका लागि समुदाय जिम्मेवार हुनुपर्ने बताएका छन् । आइतबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित सहकारी सुशासनका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियात्मक गोष्टिमा बोल्दै न्यौपानेले उक्त कुरा बताएका हुन् ।

सहकारीहरुले समयमा वार्षिक साधारणसभा हुन्छ की हुदैन, सहकारी सिद्धान्तमुताविक खुला सदस्यता र प्रजातान्त्रिक नियन्त्रणको अवस्था कस्तो छ भन्ने कुराले सहकारी सुशासनको अवस्था मापन हुने बताउ“दै न्यौपानेले सहकारी मूल्यमान्यता पालन नगर्ने संस्थाहरुलाई सरकारले निगरानी गरिरहेको न्यौपानेले बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीहरुलाई सुशासनको दायरामा ल्याउनका लागि नेफस्कूनले स्थानीय तहमा सीप र प्रविधिको स्थानीयकरण गर्ने, दिगो सहकारी विकास गर्ने, आवश्यकता र समझदारीमा सहकारीहरुवीच एकीकरण अभियान चलाइरहेको बताए ।

कार्यक्रममा सहकारी विभागका योजना अधिकृत सुरेश जोशी, ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रशासकीय अधिकृत किरणनिधी तिवारी, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम श्रेष्ठ, ब्रम्हकुमारी राजयोग सेवा उपकेन्द्रकी सञ्चालिक मैंया दिदी, रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष खडग बमजन, निवर्तमान अध्यक्ष कालिन्दी घिमिरे, जिल्ला सहकारी संघका सञ्चालक दुर्गाप्रसाद राय, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख महेन्द्र राउतलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

अभिलेख

लोकप्रिय