सहकारी एकीकरण अनिवार्यःरजिष्ट्रार न्यौपाने
आज सिमरामा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सहकारी संस्थाहरुवीच एकीकरण अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । न्यौपानेले सहकारीहरुको श्रम, पूंजी, श्रम र प्रविधिलाई एकीकृत गर्न र राज्य, राजनीतिक दल र समाजलाई एकताको सन्देश दिन पनि सहकारी एकीकरण अनिवार्य रहेको बताए । न्यौपानेले सहकारीको नाममा साहुकारी र महाजनी प्रवृत्ति देखिएको सहकारीको आवरणमा वित्तिय अपराध बढिरहेकोप्रति सरकार सचेत रहेको बताउदै पुरस्कार र दण्डको आधारमा सहकारीहरुलाई प्रोत्साहन र कारवाही गर्ने बताए ।
संकटग्रस्त सहकारीहरुको वारेमा आयोगले छानविन गरिरहेको र ती सहकारीहरुले सिद्धान्त, मूल्य मान्यता र व्यवसायिक भावना पालना गर्न नसक्दा समस्या आएको बताउदै सहकारी नियमन र अनुगमनका लागि सहकारीका सदस्य र समुदायलाई उत्तरदायी बनाउन सरकारले गृहकार्य गरिरहेको बताउदै न्यौपानेले त्यसकालागि आवश्यक कानून र कार्यविधि ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।
हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका योजना अधिकृत सुरेश जोशी, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख महेन्द्र राउत, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार मुकुन्दबहादुर क्षेत्री, उपाध्यक्ष शम्भु राम र कोषाध्यक्ष अनिता अधिकारी लम्साललगायतले बोलेका थिए ।
एकीकरण अन्तरक्रिया कार्यक्रमले स्थानीय तहमा सहकारीहरुवीच एकीकरणको विषय प्रारम्भ भएको र आगामी दिनमा यसको व्यवहारिक कार्यान्वयनका लागि बाटो खुलेको अध्यक्ष कृष्ण पौडेलले बताए । कार्यक्रममा सिमरा, डुमरवाना, अमलेखगंज र जीतपुरका ३० वटा सहकारी संस्थाका ७० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
आजै वीरगञ्जमा पर्सा जिल्लामा सहकारीकर्मीहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन प्रमुख अरुण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार केदार न्यौपाने, उपरजिष्ट्रार उपेन्द्र ढुंगाना, नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल, सहकारी विभागका योजना अधिकृत सुरेश जोशी, पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितलगायतले बोलेकका थिए ।
बारा, १७ फागुन । सहकारी विभागका राजिष्ट्रार केदार न्यौपानेले नेपालमा सहकारीहरुको संख्यात्मक वृद्धि र वित्तिय क्रियाशिलतासंगै अस्वस्थ प्रतिस्पर्धा र जोखिम तथा चुनौति बढदै गएको बताएका छन् । यसको न्युनीकरण वित्तिय सेवामा गुणस्तरीयता र उद्यमशिलतामा रुपान्तरणका लागि सहकारी एकीकरण राज्यको प्राथमिकता रहेको उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार