७ वैशाख २०८३, सोमबार

श्रीमानको आयोगमा उजुरीको चाङ

२०७० फागुन १६, शुक्रबार
श्रीमानको आयोगमा उजुरीको चाङ

काठमाडौं, १६ फागुन । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा शुक्रबार सम्ममा १ सय ४८ सहकारी विरुद्ध उजुरी परेका छन्।यस अघि ७१ वटा सहकारी समस्यग्रस्त सूचिमा सूचिकृत भएका थिए ।

२०७० मंसिर ७ गतेबाट काम शुरु गरेको आयोगको म्याद सकिएपछि नेपाल सरकार मन्त्रीपरिषद्को २०७ फागुन ६ गतेको निर्णयानुसार अर्को तीन महिनाको लागि म्याद थप गरेको थियो । आयोगको म्याद थप भएपछि पुनः उजुरीको चाङ लागेको छ । जोखिममा परेका वचतकर्ताको रकम फिर्ता गराउने र बुकिंगकर्तालाई हाउजिंग दिलाउने समेत तर्पm यस आयोग नेपाल सरकारको कार्यादेश बमोजिम सकृया रहेको आयोगका अध्यक्ष तथा पूर्व न्यायधिस गौरीबहादुर कार्कीले बताए ।

उजुरीको चाङ लागेपछि आयोगले सक्रिय रुपमा काम गरीरहेको उनले बताए । ति सहकारीका संचालकलाई आयोगमा उपस्थित गराई बयान समेत लिइरहेको छ । आयोगमा हाजीर हुन नआएका संचालकलाई प्रहरीको सहयोगमा हाजीर गराइरहेको छ ।

यो पनि पढ्नुस

४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)

 यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ?

अभिलेख

लोकप्रिय