१३ भदौ २०८३, शनिवार

महिला सहकारीकर्मी लक्षित तालिम सुरु, १५ दिने तालिममा ५८ सेसन

२०७० फागुन १३, मङ्गलबार
महिला सहकारीकर्मी लक्षित तालिम सुरु, १५ दिने तालिममा ५८ सेसन

काठमाडौ, १३ फागुन । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले महिला सहकारीकर्मीहरुलाई लक्षित गरेर रणनीतिक योजना तर्जुमा कार्यक्रम तथा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । १५ दिन सम्म सञ्चालन हुने सो कार्यक्रमको मंगलबार सहकारी विभागका रजिष्टार केदार न्यौपानेले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै न्यौपानेले सहकारीको दिगो विकासमा सहकारी शिक्षा र तालिमको महत्व पुर्ण भूमिका हुने बताए । सरकारले सोच अनुरुप सहकारी शिक्षा तालिमलाई प्रभावकारी बनाउन नसकेको स्वीकार गर्दै न्यौपानेले यसलाई व्यवस्थीत गर्न आफु चनाखो भएर लागेको उल्लेख गरे ।

यस्तै कार्यक्रममा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्यालले १५ दिने तालिम कार्यक्रममा ५८ वटा सेसन रहने जानकारी दिए । अर्यालका अनुसार सो अबधीमा सहकारीको अबधारणा र विकास, सहकारीको महत्वका बारेमा कार्यपत्र प्रस्तुत हुने छन् । यस्तै सो तालिममा लेखापाल सम्बन्धी विभिन्न सेसनहरु समेत सञ्चालन हुने छन।

केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले बार्षिक ३७ वटा सहकारी तालिम सञ्चालन गर्दै आएको छ । तर यो पटक सञ्चालन गरेको तालिम महिला सहकारीकर्मी लक्षित रहेको केन्द्रले जनाएको छ । सो तालिममा देश भरका करिब ६० जना महिलाहरुको सहभागीता रहेको बताइएको छ ।

अभिलेख

लोकप्रिय