हातेमालो सहकारीले गुणस्तरीय वित्तिय सेवासंगै एकीकरण छलफल चलाउने
सिमरा, ११ फागुन । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सहकारी सिद्धान्त र मूल्यमान्यताको आधारमा वित्तिय सेवालाई थप गुणस्तरीय बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि दृढतापूर्वक अघि बढने निर्णय गरेको छ । आइतबार बसेको सञ्चालक समितिको वैठकले उक्त निर्णय गर्दै कार्यक्षेत्रभित्रका सहकारीहरुवीच एकीकरणका लागि छलफल चलाउने कार्यदिशा पारीत गरेको छ ।
संस्थाले एउटै कार्यक्षेत्रभित्र धेरैवटा संस्थाहरुको स्थापना र क्रियाशिलताले वित्तिय सेवामा अस्वस्ध प्रतिस्पर्धा, लागत र जोखिम बढिरहेको निष्कर्ष निकाल्दै त्यसका लागि तत्काल कार्यक्षेत्रभित्रका सहकारीहरुवीच एकीकरण गोष्ठि र संस्थाहरुवीच एकीकरण वार्ता थालनी गर्ने जिम्मेवारी अध्यक्ष कृष्ण पौडेललाई दिएको छ ।
त्यस्तै संस्थाले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कारको मूल्याङ्कन, अध्ययन र छनोटका लागि कार्यदल गठन गरेको छ । संस्थाका सञ्चालक सञ्जय साहको संयोजकत्वमा गठित कार्यदलमा नेपाल पत्रकार महासंघ बाराको प्रतिनिधि र व्यवस्थापक महेश ढुङगेल रहने व्यवस्था गरिएको छ । संस्थाले गत वर्षबाट प्रत्येक वर्ष सहकारी तथा सामाजिक क्षेत्रमा कलम चलाउने जिल्लाका उत्कृष्ट पत्रकारलाई दश हजार रुपैयाँसहित हातेमालो सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्न शुरु गरेको हो । गत वर्ष उक्त पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विनोद प्याकुरेललाई मरणोपरान्त प्रदान गरिएको थियो । यस वर्षको पुरस्कार संस्थाको सातौं स्थापना दिवस जेठ २० गते प्रदान गरिनेछ ।
अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकले गुणस्तरीय वित्तिय सेवासंगै व्यवसाय विविधीकरणको अवधारणाको कार्यान्वयन प्रक्रिया अघि बढाउनेसमेत निर्णय गरेको छ । शित भण्डारसहितको कृषि बजार, शिक्षा तथा स्वास्थ्यसेवामा प्रवेश गर्ने र त्यसका लागि कार्यक्षेत्रभित्र रहेका सहकारी संघसंस्थाहरु र सहकारीकर्मीहरुवीच छलफल प्रारम्भ गर्ने निर्णय गरेको संस्थाका सचिव यज्ञबहादुर आलेले बताए । २०६५ मा स्थापना भएको हातेमालो सहकारीले हाल एक हजार तीन सय सदस्यहरुवीच करीव १२ करोडको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार