धादिङमा सहकारीका अध्यक्ष, सचिवको भेला
धादिङ, ८ फागुन । जिल्ला बहुउद्देश्यीय सहकारी संघ धादिङको ३ दिने सहकारी प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो । तिन दिन सम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा जिल्लाका १८ वटा बहुउद्देश्यीय सहकारीहरुका व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।
२ दिने कर्जा सम्बन्धि, सहकारी व्यवस्थापन र नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमको तेस्रो दिन सहकारीका अध्यक्ष तथा सचिवहरुको भेला सहित प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । पहिलो पल्ट संघले आयोजना गरेको यस प्रशिक्षण कार्यक्रममा व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने तथा संस्थाले लगानी गर्ने कर्जा कार्यक्रमलाई थप व्यवस्थित र सुधारोन्मुख बनाउने लक्ष्य लिइएको संघका अध्यक्ष पुष्कर सुवेदीले बताए । त्यस्तै अध्यक्ष, सचिवहरुको भेलाबाट सहकारी ऐन, नियमावलि, मापदण्ड आदि सम्बन्धि सामान्य प्रशिक्षणले संघ संस्थाहरुलाई अगाडि बढ्न अझ थप मद्दत हुने विश्वास गरिएको छ ।
खासगरी धादिङमा रहेका सबै बहुउद्देश्यीय सहकारी संस्थाहरुले संघको सदस्यता प्राप्त हुने खालको वातावरणको सुनिश्चितता गर्न, संस्थाहरुलाई संघमा आबद्ध गराई संस्थागत क्षमता अभिवृद्धि र व्यावसायिक प्रबद्र्धन गर्न, व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गरी संस्थागत सुशासन कायम गर्नको लागि यो कार्यक्रम परिलक्षित रहेको संघले जनाएको छ । यहि फाल्गुण १० गते संघको प्रथम वार्षिक साधारण सभाको आयोजना गरिने पनि संघले जनाएको छ ।
तालिम कार्यक्रमको सहजीकरण जिल्ला वचत तथा ऋण सहकारी संघ लि. ललितपुरका व्यवस्थापक बल्लभ तिमल्सिना र जिल्ला सहकारी संघ ललितपुरका तालिम प्रमुख तेज प्रसाद बजगाईंले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार