१३ भदौ २०८३, शनिवार

सहकारीको नीतिगत सवालहरु विषयक राष्ट्रिय कार्यशाला गोष्ठि शुरु, नेफ्स्कूनले पनि नियमन शुरु गर्ने (फोटो फिचर सहित)

२०७० फागुन ५, सोमबार
सहकारीको नीतिगत सवालहरु विषयक राष्ट्रिय कार्यशाला गोष्ठि शुरु, नेफ्स्कूनले पनि नियमन शुरु गर्ने (फोटो फिचर सहित)

काठमाडौं, ५ फागुन । नेपालका वित्तिय सहकारीहरुको वृद्धि र विकासमा नीतिगत सवालहरु विषयक राष्ट्रिय कार्यशाला गोष्ठि आजबाट ललितपुरको हिमालय होटलमा आरम्भ भएको छ ।

कार्यशाला गोष्ठिको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष, पूर्वमन्त्री एवम् संविधानसभाका सदस्य केशव बडालले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र मुलुकको आर्थिक सामाजिक एवम् सांस्कृतिक रुपान्तरणका लागि सहकारीलाई सम्वैधानिक, कानूनी र नीतिगत रुपमा व्यवस्थित गर्न जरुरी रहेको बताए ।

सहकारी क्षेत्रको पूंजी उत्पादन, कृषि व्यवसायीकरण, उर्जा र पर्यटनको विकासमा आउने वातावरण बनाउन जरुरी रहेको बताउँदै बडालले मुलकको व्यापार घाटा न्युनीकरण तथा स्वाधीन अर्थतन्त्र निर्माणका लागि राज्य, सहकारी र निजी क्षेत्रवीच स्पष्ट सहकार्यको आवश्यकता रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै सहकारी तथा गरीवी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधानले सरकारले वित्तिय व्यवस्थापन क्षेत्रमा छ वटा रणनीतिहरु तर्जुमा गरिरहेको र त्यसमा सहकारी एक महत्वपूर्ण क्षेत्र भएकोले यसको व्यवस्थापन र अनुगमनमा सरकार सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताए ।nefskun 2

त्यसैगरी सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारी सिद्धान्त, मूल्यमान्यता र अनुशासन कायम नगर्दा केही बचत तथा ऋण सहकारीमा समस्या देखा परिरहेको र यसमा राज्यलाई दोष लाउने प्रवृत्ति हावी रहेको बताए । सहकारीहरु आफैमा स्वायत्त संस्था भएको र केन्द्रीय तथा विषयगत संघले अनुगमनमा प्रभावकारी भूमिका खेल्नु पर्ने बताउँदै सरकार केन्द्रीय संघहरुलाई सहकारी संघ संस्थाहरुको नियमनको अधिकार दिन तयार रहेको र त्यसका लागि आफुले सहजीकरण गर्ने बताए । कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् एशियाली ऋण महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, राष्ट्रिय सहकारी संघका उपाध्यक्ष विजयराज घिमिरे, सञ्चालक रविन्द्र केसीलगायतको उपस्थिति रहेको थियो । कार्यशालाको समुदघाटन सत्र नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षता, सञ्चालक दामोदर अधिकारीको सञ्चालन, उपाध्यक्ष अमृता सुव्वाको स्वागत, महासचिव परितोष पौड्यालको विषयवस्तुमाथि प्रकाश र उपाध्यक्ष डिबी बस्नेतको धन्यवाद ज्ञापन रहेको थियो ।nefskun3

दुई दिनसम्म चल्ने कार्यशालामा सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेलगायतले वित्तिय सहकारीमा देखिएका समस्याहरु, कर तथा राजस्व प्रणाली, वित्तिय सहकारीमार्फत वित्तिय समावेशीकरणको प्रवद्र्धन, सहकारीको वृद्धि र विकासमा उठेका नीतिगत सवालहरुलगायतका विषयहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यशालामा मुलुकभरका नेफ्स्कूनका पदाधिकारीहरु, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरु, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सहकारी विभाग, डिभिजन सहकारी कार्यालयका प्रमुखहरु सहकारी कमर्मीचारीहरु र नियमनकारी निकायहरुको सहभागिता रहेको छ । कार्यशालाले नेपाली वित्तिय सहकारी अभियानलाई दिगो र प्रविधियुक्त बनाउने र नेपाली समाजको रुपान्तरणमा भूमिकालाई प्रभावकारी बनाउने सवालहरुमा साझा र सकारात्मक धारणा तय गर्ने अपेक्षा लिइएको छ ।

नेफ्स्कूनले मुलुकको बचत तथा ऋण सहकारीहरुलाई दिगो बनाउने, काठमाण्डौंका सहकारीहरुबाट नियमन थालनी गर्ने र सहकारी स्रोत केन्द्र स्थापनाको थालनी प्रयास आरम्भ गर्ने भएको छ ।

अभिलेख

लोकप्रिय