यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ?
काठमाडौं, ४ फागुन । सहकारी संस्थाका संचालकहरुले आफ्नो भत्ता आफूखुसी तोकेर सर्वसाधरणको निक्षेपमा मोज मस्ति गरीरहेको तथ्य सार्वजनिक भएको छ । सहकारीमा सर्वसाधरणले जम्मा गरेको निक्षेपको के कति मात्रामा खर्च गर्न पाउने भन्ने कुनै पनि निर्देशिका जारी नहुँदा यस्ता निक्षेपमा मनोमानी गर्ने संचालकहरुको संख्या बढ्दो छ । त्यसो त आफ्नो तलब पनि आफ्नै खुसीले निर्धारण गरी जनताको निक्षेपमाथि खेलवाड गरिएको हो ।
यस्तै घटना सिन्सियर वचत तथा ऋण सहकारी संस्था लि रामशाहपथ, काठमाडौंमा देखिएको छ । डिभिजन सहकारी कार्यालयको रेकर्ड अनुसार ०५७/५/१२ मा दर्ता भएको उक्त सहकारी संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर उल्लेख छ । यहाँका संचालकहरुले वैठक भत्तामात्र प्रतिवैठक ७ हजार लिने गरेको भेटिएको छ । अध्यक्षको प्रतिवैठक भत्ता ७ हजार ५ रहेको छ । संस्थाका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ तथा कार्यकारी संचालक राजेन्द्र श्रेष्ठ रहेका छन् ।
संस्थाको अध्यक्ष र सदस्यले साधारणसभाबाट अनुमोदन नगराई विभिन्न आर्थिक सुविधा लिइरहेका भेटिएको छ । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले मासिक पेट्रोल खर्च २ सय लिटर, संस्थाको बा.८ च ५३५२ को कार प्रयोग गरिरहेको, मसलन्द, पत्रपत्रिकावापत १० हजार, मोबाइल बिल १ हजार ५ सय लिइरहेको पाइएको छ । कर्जा समिति संयोजकले प्रतिबैठक भत्ता ३ हजार ९ सय र सदस्य ३ हजार २ सय लिने गरेको पनि पाइएको छ ।
त्यस्तै कार्यकारी संचालक राजेश खड्काले मासिक तलव १ लाख ३५ हजार लिइरहेको पाइएको छ । मिति ०६९/५/२० को निर्णय गराइ तलब लिइरहेको बुझिएको छ । त्यस्तै संस्थाका सवै संचालकलाई मासिक पत्र पत्रिका मसलन्द बापत १३ हजार, व्यापार प्रमोशन खर्च ३ हजार रहेको छ ।
बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गरी जाँचबुझ आयोगले उक्त सहकारीको छानबिन गर्दा यस्तो भेटिएको हो । ‘एउटा सामान्य सहकारीको कार्यकारी संचालकले महिनाको १ लाख ३५ हजार तलव खाने गरेको र अरु सुविधा लिएको पाइयो ।’ आयोगकका अध्यक्ष गौरीबहादुर कार्कीले भने– ‘सहकारीका कार्यकारी संचालकको प्रधानमन्त्रीको भन्दा बढी सुविधा रहेछ ।’ संस्थाको कुल प्राथमिक पूँजी कोष ४ करोड ४९ लाख ३० हजार २ सय ८६ को १० गुणाले हुन आउने ४४ करोड ९३ लाख २ हजार ८ सय ६० भन्दा बढी निक्षेप संकलन गर्न नपाउने मापदण्ड भएकोमा ५० करोड १२ लाख ८६ हजार १ सय ५५ सम्म निक्षेप संकलन गरेको । संस्थामा शेयर सदस्य ५ सय १९ रहेको छ भने वचत तथा ऋणको कारोबार २ हजार ३ सय ६९ जनासँग रहेको पाइएको उनले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार