सहकारीबाट स्वरोजगार बन्दै युवा
पाल्पा, २ फागुन । परोपकार स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था छहराबाट दुई लाख कर्जा लिई गाईपालन व्यवसाय सञ्चालन गरेका छहरा– ८ का गणेश न्यौपानेले राम्रो आम्दानी गर्छन् । विदेशबाट फर्केर गाइ पालन गरेको उनले स्वदेशमा पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् ।
मिहिनेत र जाँगर भएमा स्वदेशमा नै पैसा कमाइन्छ, उनले भने । उनीसँगै छहरा–६ का देवराज राउतले सहकारीबाट दुई लाख कर्जा लिई न्यौपानेसँगै संयुक्तरूपमा गाईपालन व्यवसाय सुरु गरेका हुन् । युवा स्वरोजारले हामीलाई दुई/दुई लाख कर्जा दिएपछि चारवटा जर्सी गाईपालन गर्न थालेको उनले बताए ।
गाईपालन व्यवसायबाट अहिले झन्डै २० हजारभन्दा बढी आम्दानी गरेका छन् । दैनिक चारवटा गाईले झन्डै २५ देखि ३० लिटरसम्म दूध दिन्छन् । पाल्पा जिल्लाका १ सय ६६ जना युवा अहिले युवा स्वरोजगार कार्यक्रममार्फत स्वदेशमा नै व्यवसायी बनेका छन् । स्थानीयस्तरमा नै आम्दानीका स्रोत देखाइदिएका छन् । पैसा कमाउन विदेश जाने युवा स्वदेशमा पनि मिहिनेत गरेमा राम्रो आम्दानी गरी सफल व्यवसायी बन्ने सक्ने चुनौती पनि दिएका छन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थानीय सहकारी संस्थाबाट एक करोड ४४ लाख रकम बेरोजगार युवालाई कृषि, पशुपालन, च्याउखेती, कुखुरापालन, गाईपालनलगायतका शीर्षकमा कर्जा दिएपछि अहिले उनीहरू व्यवसायी बन्न पाउँदा निकै सुखी बनेका छन् ।
पाल्पाका छवटा सहकारीले युवालाई स्वरोजगार बनाउनका लागि २०६९ फागुन महिनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेका थिए । जिल्लाका सहकारीले सम्झौतापछि युवालाई स्वरोजगार बनाउनका लागि एक करोड ४४ लाख रकम सहकारीमार्फत परिचालन भएकोे जिल्ला संयोजन तथा अनुगमन समिति पाल्पाले जनाएको छ ।
युवा स्वरोजगार बनाउन सरकारले १२ प्रतिशत ब्याजदरमा कर्जा लगानी गरेको छ । नियमित किस्ता भुक्तानी गरी असल ऋणी बनेका अवस्थामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिको सिफारिसमा ऋणीले ६० प्रतिशत ब्याजदर मिनाहा हुनेछ । सरकारले नै व्यवसाय र ऋण लिन ऋणीको समेत बिमा पनि गरिदिने व्यवस्था गरेकाले युवा स्वरोजगार कार्यक्रमप्रति बढी आकर्षण भएको जिल्ला संयोजन तथा अनुगमन समिति पाल्पाले जनाएको छ ।
पाल्पा जिल्लाको पूर्वी भेगस्थित रामपुर गाविसका रामपुर बचत तथा ऋण सहकारी संस्था र अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्ंथा र गाडाकोट गाविसस्थित ग्रामीण विकास बचत तथा ऋण सहकारी, चापपानी गाविसको सिर्जना सहकारी, छहराको परोपकार स्वलम्बन बचत तथा ऋण सहकारी र खस्यौलीस्थित नमुना कृषि बहुउद्देयीय सहकारी संस्थामार्फत जिल्लामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन भइरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार