झापाका सहकारीहरु कडा निगरानीमा
झापा, १ फागुन । झापामा रहेका सहकारी संस्थाहरुले सहकारी मापदण्ड विपरीतका गतिविधि गरेको गुनासो आउन थालेपछि डिभिजन सहकारी कार्यालय झापाले अनुगमनलाई तीव्र पारेको छ ।
पछिल्लो अवस्थामा सहकारी संस्थाहरुले आर्थिक अनियमितताका घटना बढेकाले पनि नियमकारी निकायले चासो दिएका हुन् । सहकारी संस्थालाई प्रभावकारी रूपमा लैजान तथा नियम मिच्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन प्रक्रिया थालिएको डिभिजन सहकारी प्रमुख नेत्रप्रसाद घिमिरेले बताए ।
चार वटा सहकारीका सञ्चालकलाई कार्यालयमा बोलाई स्पष्टीकरणसहित सहकारी कानुनअनुसार काम गर्न चेतावनी दिइएको जानकारी दिए । जिल्लाको दमक, बिर्तामोडलगायतका क्षेत्रमा रहेका ती चार वटा सहकारी संस्थाले करिब सात करोड हिनामिना गरेको खुल्न आएको छ ।
त्यस्ता सहकारीले सङ्कलकलाई २० प्रतिशतसम्म कमिसन दिई बचत सङ्कलन गरिआएको खुलेको उहाँले जनाए । कार्यालयले त्यस्ता सहकारीको कारोबार बन्द गरिएको तथा सञ्चालकलाई धमाधम खोजी गरी कारबाही गरिएको उहाँले जानकारी दिए ।
बचतकर्ताले सङ्कलकमाथि मात्र विश्वास गरी बचत गर्ने तर ती संस्थाका वित्तीय कारोबारबारे चासो नलिँदा बचत जोखिममा पर्न सक्नेतर्फ सबै सचेत हुनुपर्ने डिभिजन प्रमुख घिमिरेको भनाइ छ । यसैगरी सघन अनुगमनपछि ती संस्थाको नियमित रूपमा सहकारी मन्त्रालयको प्रत्यक्ष अनुगमनमा राख्ने योजना रहेको जनाइएको छ । देशभर पाँच करोडभन्दा बढीका आर्थिक कारोबार गर्ने सहकारी संस्थाको कारोबारको सघन अनुगमन थालिएको हो ।
झापाका डिभिजन कार्यालयका प्रमुख घिमिरले जिल्लाका दुई दर्जनभन्दा बढी त्यस्ता सहकारीको अनुगमन भइरहेको बताए । झापामा हालसम्म सहकारी दर्ताको सङ्ख्या ७५३ पुगेको छ । तीमध्ये ५० वटा संस्थाहरु खारेजीको प्रक्रियामा छन् भने करिब ५० वटा संस्थाहरु निस्क्रिय अवस्था छन् । सहकारी ऐनअनुसार काम नगरेको भनी १३९ वटा संस्थालाई जरिवाना र चेतावनी दिइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार