विन्धवासिनीको अर्धबार्षिक समिक्षा गोष्ठी
बनेपा, २६ माघ । नेपालको सहकारी अभियानमा उत्कृष्ट सहकारीको रुपमा परिचित विन्धवासिनी बचत सहकारी संस्थाको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
संस्थागत कार्यक्रमहरुको प्रभावकारी कायान्वयन गरी सदस्यहरुलाई स्तरीय/उचित प्रतिफल प्रदान गर्न नियमित रुपमा लक्ष्य र प्रगतिको समिक्षा गरी आवश्यक रणनीति र योजनाबद्ध ढंगबाट समिति, उप समिति र कर्मचारी जवाफदेहीता र जिम्मेवारीका साथ कार्यन्वयन गर्ने निणर्य गर्दै कार्यशाला गोष्ठी समापन भएको हो । प्रभावकारी ऋण लगानी तथा असुली, आर्य बृद्धि र खर्च न्यूनिकरण कार्यालय ब्यास्थापन र संचालन, सेवा विस्तार केन्द्र तथा सेवा केन्द्र स्थापना लगायतका बिषयहरु छलफल गरी रणनीति तय गरिएको संस्थाले जनाएको छ ।
वि.स २०५० सालमा काभ्रेको पनौती–१२, खोपासीमा स्थापना भई नेपाल राष्ट्र बैकबाट सिमित बैकिङ कारोवार गर्न स्वीकृत प्राप्त यस संस्थाले काभ्रे जिल्लाको ३ वटा नगरपालिका र ३२ गाविसमा सेवा विस्तार गरिसकेको छ । समुदायमा आधारीत सर्वोकृष्ट सहकारी संस्थाको रुपमा स्थापित गर्ने ध्येय राखेको यस संस्थाले केन्द्रिय कार्यालय, बैकिङ कार्यालय बनेपा, पनौती, खोपासी, क्षेत्रिय अन्तर समिति ढुंखर्क र प्रारम्भिक क्षेत्रिय अन्तर समिति पाँचखाल तथा पात्लेखेत, शंखु, च्यासिंखर्क र कुशादेवी गरी ६ वटा कार्यालय र ४ वटा सेवाकेन्द्र मार्फत करिब २० हजार सदस्यहरुलाई घरदैलोबाट नै सरल एवं शुलभ ढंगबाट सेवा प्रदान गर्दै आएको संस्थाका सचिव राशरण भण्डारीले जानकारी दिए ।
८ करोड ७८ लाख ४७ हजार शेयर पूँजी रहेको यस संस्थाले ६७ करोड १९ लाख ऋण लगानी गरी ६० करोड ७६ लाख ऋण असुली गरी ८४ करोड ७९ लाख ७० हजार कारोवार गर्न सmल भएको संस्थाका ब्यावस्थापक के.बि लामाले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार