सहकारीको लगानीमा अत्याधुनिक डेरी
दाङ, २३ माघ । उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था र जिआइजेडको संयुक्त आर्थिक लगानीमा दाङको लमहीमा अत्याधुनिक डेरी उद्योग सञ्चालनमा आएको छ ।
उद्योगले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको दूध बिक्री वितरण गर्ने जनाएको छ । त्यसैगरी उद्योगले दूधजन्य पदार्थहरू दही, आइसक्रिम कुराउने, छुर्पी र घ्यू पनि बिक्री वितरण गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष माधवप्रसाद शर्माले जानकारी दिए ।
सहकारी संस्थाको एक करोड ३१ लाख ५६ हजार र जिआइजेडको एक करोड १० लाख गरी कुल दुई करोड ४१ लाख ५६ हजारको लागतमा निर्माण गरिएको उनले बताए । सो उद्योगमा हाल १२ जनाले रोजगारी पाएका छन् ।
उद्योगले हाल दैनिक तीन हजार दूध प्रशोधन गर्ने लक्ष्य रहेको जनाएको छ । दूध सङ्कलनका लागि लमही क्षेत्रका सात गाविसका ७ सय ८७ जना कृषकलाई व्यावसायिकरूपमा यसअघि नै तालिमसमेत दिइसकेको छ । त्यहा“का कृषकहरू अहिले उन्नत जातका गाई तथा भँैसीपालनमा लागिसकेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार