७ वैशाख २०८३, सोमबार

लेखा प्रणालीलाई प्रभावकारी बनाउन जरुरी

२०७० माघ २२, बुधबार
लेखा प्रणालीलाई प्रभावकारी  बनाउन जरुरी

बागलुङ,२२ माघ । डिभिजन सहकारी कार्यालय बागलुङ र जिल्ला सहकारी संघ लिमिटेडद्वारा संयुक्त रुपमा सञ्चालन गरेको एक हप्ते सहभागितात्मक सहकारी लेखापालन तालिमको बुधवार देखि शुरु भएको छ ।
 
तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले मुलुकको अर्थतन्त्रको एउटा मुख्य पाटोका रुपमा स्थापित हुदै गएको सहकारी क्षेत्रमार्फत समाज विकास गर्न सहकारी लेखा प्रणाली सबै सहकारीकर्मीले जान्न आवश्यक रहेको बताए । उनले कुनै पनि संघ संस्थालाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि त्यसको आर्थिक प्रणाली प्रभावकारी हुनु पर्नेमा जोड दिए ।
 
कार्यक्रमका अध्यक्ष तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष रामबहादुर जिसीले सहकारीमा धेरै राम्रा पक्ष र केही सुधार गर्नुपर्ने पक्ष भएकाले सहकारी शिक्षालाई व्यापक बनाएर सुधार गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।
 
उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, कृषि सहकारी संघ बागलुङका अध्यक्ष मोहनलाल शर्मा, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कंडेल, बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिनेश पन्त, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी लगायतले सहकारीलाई पारदर्शी र प्रभावकारी बनाउन लेखा तालिम सहयोगी हुने धारणा राखेका थिए ।

अभिलेख

लोकप्रिय