बिहानी साकोसको ३६५ दिनै सेवा
पोखरा, २२ माघ । पोखराको सभागृह स्थित विहानी बचत तथा ऋण सहरकारी संस्थाले ३६५ दिन नै आफ्नो सेवा सुचारु गर्ने जनाएको छ । “आर्थिक उन्नती सम्भव छ बिहानी सगै ” भन्ने मुल नाराका साथ सञ्चालित उक्त सहकारीले ३६५ दिनै कारोबार गर्ने भएको हो ।
अधिकृत शेयरपूजीँ १० करोड रहेको उक्त सस्थाले ३६५ दिनै सेवा सञ्चालनमा ल्याएको संस्थाका प्रमुख व्यवस्थापक टंक अधिकारीले जानकारी दिए । उनले भने “अहिले बित्तिय बजारमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सहकारी सिद्धान्त तथा मुल्य र मान्यतालाई सिरोपण गर्दै विभिन्न जातजाति पेशा व्यवसायमा आबद्ध व्यक्ति तथा समुदायलाई एकबद्ध गरी थप उचाइमा लैजाने उद्देश्य सहकारीको छ ।”
संस्थामा हाल सम्म नियमित, ऐच्छिक आवाधिक लगायतका खाता गरि तिन हजार भन्दा बढि खाता संचालन छन् । संस्थामा विभिन्न १५वटा मनि टान्सफर,एस एम एस बैंकीङ्ग , वेबसाइट पेज संचालन भइरहेका छन् । साथै सदस्यको सुविधाको निम्ति संस्थाबाटै ल्यानलाइन टेलिफोन, ए डि एस एल इन्टरनेट, पोष्टपेड तथा प्रिपेड मोबाइलमा रिर्चाज, डिसहोम रिर्चाज लगायतको बिल भुक्तानी गरिने अधिकारीले बताए । आगामी दिनमा ग्राहक डिस्काउन कार्ड तथा ए बि बि एस सेवा समेत सहकारीका प्रमुख व्यवस्थापक अधिकारीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार