चन्द्रागिरि साकोसमा ६ हजार सदस्य
काठमाडौं, २० माघ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ६ हजार ५८ जना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । कुल सदस्यहरुमा महिला ३ हजार ३ सय २२ र पुरुष २ हजार ६ सय ५३ रहेको संस्थाले जनाएको छ ।
संस्थाको गत आर्थिक वर्ष कुल ४ करोड १३ लाख शेयर पुँजी कायम भएकोमा आर्थिक वर्ष २०६९/७० मा ४ करोड ५५ लाख ८२ हजार ८ सय पुगेको संस्थाले जनाएको छ । अघिकतम सेयर लिने सदस्यको सेयर पुँजी १२ सय ५० कित्ता (१ लाख २५ हजार) र न्यूनतम २० कित्ता (२ हजार) रहेको छ ।
गत आर्थिक वर्षमा विभिन्न बचत सेवाबाट ३९ करोड ४४ लाख २१ हजार ८ सय ६८ मौज्दाज रहन गएकोमा आर्थिक वर्ष २०६९/७० मा १ अर्ब २१ करोड २६ लाख ९१ हजार ७ सय १३ निक्षेप संकलन गरी १ अर्ब १६ करोड ४७ लाख ७३ हजार १ सय ३१ फिर्ता गरी ४४ करोड २३ लाख ४० हजार ४ सय ५० निक्षेप बाँकी रहेको संस्थाले जनाएको छ ।
गत वर्ष विभिन्न ऋण शीर्षकबाट २८ करोड ८ लाख ३९ लाख ५ सय १० लगानी गरेकोमा यस आर्थिक वर्षमा ४३ करोड ४७ लाख १३ हजार ९ सय ३० लगानी गर्न सफल भएको संस्थाले जनाएको छ । संस्थाले आर्थिक वर्ष २०६९/७० मा ६ करोड ४७ लाख २२ हजार १ सय ४५ आम्दानी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार