सहकारीमैत्री संविधान बनाउन प्रतिवद्धता
सिमरा, १८ माघ । बारा क्षेत्र नं. ६ का नवनिर्वाचित सभासद एवम् नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार पुरुषोत्तम पौडेलले संविधानसभामा समयमा संविधान निर्माण गर्न र अव बन्ने संविधान सहकारीमैत्री बनाउन आफुले भूमिका खेल्ने बताएका छन् । शनिवार रतनपुरीमा सुनाखरी कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा उदघाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
सहकारी नै आर्थिक सामाजिक रुपान्तरणको आधार भएको बताउ“दै पौडेलले नेपाली अर्थतन्त्रलाई समावेशी र दिगो बनाउनका लागि सहकारीलाई आवश्यक पर्ने उनले बताए । त्यस्तै नेपाली कांग्रेसका पूर्वसभासद शोभाकर पराजुलीले सहकारीले स्वीकार गरेको लोकतान्त्रिक मूल्यमान्यता र समाजवादको परिकल्पना कार्यशैली राजनीतिक दलहरुले सिक्नुपर्ने तथा विकास अभियानमा सहकारीको भूमिकालाई आत्मसात गर्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सहकारीले वित्तिय क्षेत्रमा हासिल गरेको उपलव्धिलाई कृषि उर्जा, पर्यटनको विकास र सामाजिक न्यायमा परिचालनमा राज्यले सहयोग पुर्याउन सके मुलुकको दिगो विकास सम्भव हुने बताए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट सदस्यहरु र आयआर्जनका विभिन्न सीपमूलक तालीम लिने सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । दुई वर्षअघि स्थापना भएको सहकारीले करीव चार सय सदस्यहरुवीच साठी लाखको कारोवार गरिरहेको छ । संस्थाले कृषिजन्य सीप तालीम, बचत तथा ऋण कार्यक्रम अलावा सुपथ मूल्यको सहकारी पसलसमेत सञ्चालन गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका ऋणीलाई सरकारको १५ दिने अल्टिमेटम
९ बैशाख २०८३, बुधबार
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार