“सञ्चालकको मनोमानीले सहकारीमा अनुशासन हरायो”
काठमाडौं, १७ माघ । डिभिजन सहकारी कार्यालय काठमाडौका सहकारी अधिकृत पशुपति घिमिरेले सहकारीले जथाभावी लगानी गरेकाले सहकारीमा विकृति आएको बताएका छन् । ‘सहकारीमा मनोमानी बढेकाले सहकारीमा विकृति बढेको छ, यसलाई निरुत्साहित गर्न आवश्यक छ’ उनले भने । बहुआयमिक कृषि बचत तथा ऋण सहकारीको ५ औँ साधारण सभामा बोल्दै उनले भने , ‘सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि अधिकांश सहकारी सञ्चालकको मानोमानीका कारण अनुशासन हराउँदै गएको छ’ ।
व्यावासयिक कृषि तथा व्यापार आयोजनाका प्रमुक कार्यकारी निर्देशक योगेन्द्रकुमार कार्कीले सहकारीले आर्थिक विकास गर्न कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए । सहकारीले सबै क्षेत्रमा लगानी गर्न सके देशले ५ वर्षभित्र आर्थिक संमृद्घि हाशिल गर्ने बताए
राप्रपा नेपालका सभासद् बिक्रमबहादुर थापाले अधिकांश सहकारी संस्थाहरु मूल, सिद्वान्तअनुरुप चल्न नसकेको बताए । ‘सहकारी पैसा राख्ने र ऋण लिनेमा मात्र केनिद्रत भएका छन, अब कृषिक्षेत्रमा लगानी गर्न अत्यावश्यक भइसकेको छ’ उनले भने ।
बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाले कृषिक्षेत्रमा लगानी बढाउँदै गएको छ । कृषिको उत्पादनबिना आर्थिक वृद्घि नहुने भन्दै संस्थाले आफ्नो कुल कारोबारको ४० प्रतिशत कृषिमा लगानी बढाउँदै गएको हो ।
संस्थाले आफै बाख्रापालन सञ्चालन गरेको छ । करिब १५ लाख लगानीमा संस्थाले बाख्रापालन सञ्चालन गरेको हो । फार्ममा १ सय ५ वटा बाख्रा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका ऋणीलाई सरकारको १५ दिने अल्टिमेटम
९ बैशाख २०८३, बुधबार
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार