करको दायरामा नआउने सहकारीलाई कारबाहीको तयारी
नारायण पौडेल
काठमाडौ, १७ माघ । सरकारले करमा दर्ता हुन छुट दिए पनि त्यसको अटेर गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ ।
ठूलो संख्यामा सहकारीहरु करको दायरा बाहीर रहेको भन्दै पटक पटक कर तिर्न ताकेता गर्दा पनि अटेर गर्ने सहकारीलाई कारबाही गर्ने तयारीमा सरकार लागेको हो ।सरकारले दिएको छुटको अबसरको सदुपयोग गर्दै हाल सम्म आधा मात्र सहकारी करको दायरामा आएको बताइएको छ । देश भर २७ हजार भन्दा बढी सहकारी रहे पनि करिब १७ हजार सहकारी मात्र करको दायरामा आएको आन्तरिक राजश्व विभागका महानिर्देशक टंक मणी शर्माले जानकारी दिए ।
सहकारी विभागमा दर्ता भएका सहकारीहरुलाई समेत करको दायरामा अनिवार्य आउनु पर्ने ब्यवस्था गरे पनि अझै १३ हजार भन्दा बढी सहकारी करको दायरा भन्दा बाहिर छन् ।पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने ति सहकारीलाई अनुषन्धान गरेर कारबाहीको दायरामा ल्याउने विभागले जनाएको छ ।
सरकारले सहकारी दर्ता भए पछि प्यान नम्बर लिएर राज्यले निर्धारण गरेको कर तिर्नु पर्ने ब्यवस्था छ ।
करको दायरामा आउन नचाहने सहकारी संस्थाहरुबाट ठूलै मात्रमा कर छली हुदै आएको राजश्व विभागको ठहर छ । धेरै मात्रामा सहकारी करको दायरा बाहीर रहेको भन्दै सरकारले नियामक निकायलाई कडा रुपमा प्रस्तुत हुन निर्देशन समेत दिइएको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार