दुग्ध सहकारीलाई एनालाईजर वितरण गरिने
काठमाडौं १६ माघ । पशुपंछि बजार प्रबद्र्धन निर्देशनालयले दुधको गुणस्तर र स्वच्छता कायम गर्न दुग्ध सहकारीलाई मिल्क एनालाईजर यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएको छ । सरकारले गएको पुस १ गते मिल्क एनालाईजर वितरण कार्यविधि पारित गरेपछि पहिलो चरणमा यो बर्ष २५ वटा सहकारीलाई वितरण गरिने निर्देशनालयका बरिष्ठ पशु बिकास अधिकृत डाक्टर माधवप्रसाद अर्यालले बताउनुभयो ।
देशका ६२ जिल्लामा एक हजार सात सय ७८ दुग्ध सहकारी संस्था छन् । सरकारले यी सबै संस्थालाई यन्त्र उपलब्ध गराउँदै लैजाने योजना बनाएको छ । तर मिल्क एनालाईजर यन्त्र प्राप्त गर्न कम्तिमा एक हजार लिटर दुध संकलन र चिलिङ्ग भ्याट भएको सहकारी हुनुपर्ने व्यबस्था गरिएको छ ।
मिल्क एनालाईजर यन्त्रले किसानलाई आफ्नो दुधको फ्याट, ल्याक्टोज र प्रोटिनको मात्रा विक्रिस्थलमा तुरुन्तै जानकारी दिन्छ । जसका कारण किसानले दुधको मूल्य पनि तुरुन्तै थाहा पाउने पशु उत्पादन निर्देशनालयका बरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले बताउनुभयो ।
यो यन्त्रले किसानले दुधमा पानी मिसाएको छ भने पनि त्यसको मात्रा छुट्टै देखाईदिने भएकाले दूधको स्वच्छतामा नियन्त्रण हुने पौडेलको भनाई छ । यसअघि सन् २००८ मा दुधालु गाईको वंश सुधार कार्यक्रम अन्र्तगत १४ जिल्लाका १५ सहकारीलाई यन्त्र वितरण गरिएको थियो । त्यस्तै सन् २०१० मा युएसएआईडीको सहयोगमा भैंसीको जातीय सुधार कार्यक्रम अन्र्तगत १० जिल्लामा एक–एक वटाका दरले यन्त्र वितरण गरिसकिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार