किसानलाई करोडपति बनाउदै सहकारी
२०७० माघ १५, बुधबार
तनहुँ, १५ माघ । तनहुँको आवुखैरेनी गाविसस्थित याम्पाफाँटका दुग्ध उत्पादक कृषकले वार्षिक दुई करोडभन्दा बढीको दूध बिक्री गर्दै आएका छन् । विसं २०५१ मा सहकारी स्थापना गरेर उन्नत जातका पशु पालेर दूध बिक्री गर्न थालेका यस क्षेत्रका कृषकले दैनिक तीन हजार लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको सहकारीका अध्यक्ष छविलाल घिमिरेले जानकारी दिनुभयो ।
उक्त गाउँमा १०० किसानले व्यावसायिक रुपमा करिब ४०० गाई पाल्दै आएका अगुवा कृषक रामप्रसाद तिवारीले बताउनुभयो । याम्पामा व्यावसायिक गाईपालनबाट भएको आम्दानी देखेर विदेश गएका युवासमेत गाउँमा फर्केर पशुपालनतर्फ लागेको उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रका मानिसले कम्तिमा चार÷पाँचदेखि १५० सम्म गाई पालेको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार