मध्यतराईको सहकारी अभियानलाई सशक्त र गुणात्मक बनाइने
सिमरा, १३ माघ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को हरिवन फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ ।
नेफ्स्कून केन्द्रीय कार्यालयले सञ्चालक कृष्ण पौडेलको संयोजकत्वमा हरिवन फिल्ड कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि पांच सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । सदस्यहरुमा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे र उपाध्यक्ष हरेन्द्र राउत, समाज बचत तथा ऋण सहकारी संस्था, बर्दिवासका अध्यक्ष कृष्णकलादेवी सिंह र सगुन बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुरका अध्यक्ष बिभु पोखरेललाई मनोनयन गरिएको छ ।
संयोजक कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकले हरिवन फिल्ड कार्यालयको व्यवस्थापनलाई प्रभावकारी बनाउदै कार्यक्षेत्रभित्र रहेका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीका बचत तथा ऋण सहकारीहरुलाई सशक्त, गुणात्मक र प्रभावकारी बनाउन सहयोग पुर्याउने निर्णय गरेको छ । नेफ्स्कूनको सदस्यता, बचत परिचालन, अन्तरलगानी र शिक्षा तथा तालीमका कार्यक्रमहरुमा सहभागी हुन वैठकले सबै बचत तथा ऋण सहकारीहरुलाई आह्वान गरेको छ ।
सदस्य संस्थाहरुको सशक्तीकरण, सीप र प्रविधिको हस्तान्तरण र क्षमता विकासका लागि जिल्लामा विभिन्न तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन र संयोजनसमेत गर्ने निर्णय वैठकले गरेको छ । नेफ्स्कूनले आफ्नो सेवा विस्तार र प्रभावकारी बनाउन हरिवनलगायत मुलुकका आठ स्थानमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार