जिल्ला दुग्ध सहकारी संघ बारा सक्रिय
सिमरा, १२ माघ । लामो समयदेखि निष्क्रिय रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ बारा विधिवत रुपमा सक्रिय भएको छ ।
२०५७ सालमा स्थापना भएको संघको शनिवार दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी अभियानको सुद्धीकरण र उद्यमशिलता विकासका लागि सहकारी ऐन २०४८ को परिमार्जन अनिवार्य रहेको बताउँदै बचत तथा ऋण सहकारीको पुँजीलाई कृषि, पशुपालन र उर्जा विकासमा परिचालन गर्न राज्यले सहयोग पुर्याउनुपर्ने पौडेलले बताए ।
वार्षिक साधारणसभाले आगामी पांच वर्षका लागि नारायण बर्तौलाको अध्यक्षतामा नौ सदस्यीय नयां सञ्चालक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष दिलबहादुर लामा, सचिव थानेश्वर सापकोटा, कोषाध्यक्ष लक्ष्मी गौतम, सदस्यहरु अरुणा उप्रेती, उद्धव गौतम, नारायण पौडेल, चन्द्रदत्त पाध्या र चुडामणी भट्टराई रहेका छन् । त्यसैगरी लेखा समितिमा संयोजक मेघनाथ सुवेदी र सदस्यहरु विष्णु अधिकारी र गोपिनी चौलागाई रहेका छन् ।
बारा जिल्ला दुग्धउत्पादनका हिसावले प्रचुर सम्भावना भएको जिल्ला हो । हाल जिल्लाभर १९ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु छन् । ती संस्थाहरुले वार्षिक २० करोडको दुधको कारोवार गर्दछन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार