९ वैशाख २०८३, बुधबार

पोखरा रोयल सहकारीको आफ्नै भवन

२०७० माघ १०, शुक्रबार
पोखरा रोयल सहकारीको आफ्नै भवन

पोखरा, १० माघ  । पोखरामा रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले २ करोड ५० लाखको लागतमा आफ्नै भवन निमार्ण गरेको छ । पोखराको बुद्धचोकमा भुइ तला सहित ४ तले पक्की भवन निमार्ण गरेको संस्थाले केहि दिन पछि उक्त भवनबाट कार्यालय संचालन गर्ने तयारीमा रहेको छ ।

आधुनिक डिजाईनमा निमार्ण भएको उक्त भवनमा सोलार जडान भएकोले चौवीसै घण्टा एसी बाहेक अन्य सेवा उपलब्ध भएको संस्थाले जनाएको छ । भुई तलामा पार्किङको व्याबस्था, दोश्रोमा सभाहल, कर्जा विभाग तथा सहकारी प्रदर्शनी कक्ष, तेश्रो तलामा कार्यालय प्रजोजनको लागि प्रयोग गरीने भएको छ भने चौथो तलामा रेष्टरुम तथा किचन रहेको छ ।

उक्त सहकारीले अन्य सहकारीहरुले उत्पादन गरेका सामानहरुको प्रवद्र्धन तथा सहकारीको प्रचारप्रसारको लागि सहकारी प्रदर्शनी कक्ष राखेको संस्थाका प्रवन्ध निर्देशक भिम गुरुङले बताए । सहकारी सदस्यलाई सहकारीहरुले उत्पादन गरेका सामानहरु प्रयोग गराउन थम मद्धत पुगोस भन्दै आफुहरुले उक्त कार्यको शुभारम्भ गरेको गुरुङले जनाए ।

अभिलेख

लोकप्रिय