धौलागिरिका ५९ सहकारीलाई कारवाही गर्ने तयारी
पर्वत, १० माघ ।डिभिजन सहकारी कार्यालय बाग्लुङले सहकारी ऐन अनुसार सञ्चालन नभएका धौलागिरि अञ्चलका ५९ वटा सहकारी संस्थालाई कारवाही गर्ने तयारी गरेको छ । सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप संचालन नभएका सहकारीलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाएको हो ।
कार्यालयले सहकारी ऐन २०४८को दफा ३४ बमोजिम सञ्चालन नभएका सहकारीलाई सचेत गराएर चेतावनी पत्र समेत पठाइसकेको जानकारी दिएको छ । कारबाहिमा पर्नेमा पर्वतका ३२, बागलुङका १७, म्याग्दीका ६ र मुस्ताङका ४ वटा सहकारी रहेका छन् । ती सहकारीले लेखापरिक्षण प्रतिवेदन, नाफा विवरणको योजना, संचालकहरुको नामावली तथा बाँकी कार्यविधिको विवरण, साधारण सभाको बैठक मासिक प्रगति प्रतिवेदन नपठाएको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।
धौलागिरिका चारै जिल्लाका ती सहकारी संस्थाले नियमित बुझाउनु पर्ने विवरण समेत नबुझाएपछि कारवाहिको प्रकृया शुरु गरेका हौ उनले भने ।कारोबारबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विवेकशील विवेक !
२२ श्रावण २०८३, शुक्रबार
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार