गाउँकै सहकारीले दिन थाले विप्रेषणसेवा
तानसेन, ८ माघ । विप्रेषण (रेमिट्यान्स) सेवा गाउँकै सहकारीले दिन थालेपछि तानसेनका युवामा खुसी छाएको छ । विदेशबाट पठाएको रकम गाउँको सहकारीमार्फत पाएपछि पूर्वी पाल्पाका युवा खुसी भएका हुन् । कतारबाट तीर्थराज पोखरेलले पाल्पा गाडाकोट गाविस भलायटारमा रहेकी आफ्नी आमा दुर्गादेवी पोखरेललाई पठाएको २५ हजार रुपैयाँ गाउँकै सहकारीमार्फत पाए । छोराले पठाएको रकम गाउँमै पाएपछि उहाँ खुसी छन् ।
पहिला तानसेन, रामपुर पैसा लिन जानुपर्ने थियो अहिले यस्तो समस्या हटेको उनले बताइन् । पाल्पाको गाँडाकोटस्थित ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाले यो सेवा गाउँमै दिएको हो । विदेशबाट पठाएको रकम लिन टाढा जानुपर्ने भएकाले सहकारीले प्रभु मनी ट्रान्सफरसँगको सम्झौतामा यो सेवा गाउँमा दिएको हो । करिब एक महिनाअघि सम्झौता भएपछि सहकारीले २० लाखको विप्रेषणको कारोबार गरेको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष नारायणप्रसाद सिग्देलले पाल्पाका गाँडाकोट, वाकामलाङ, सहलकोट, तनहु, स्याङ्जालगायतका जिल्लाका बासिन्दाले विप्रेषणको सुविधा लिन आउने गरेको बताए । यो सेवा सुरु गरेपछि मलेसिया, दुबई, कतार, भारत, कुबेत र नेपालका विभिन्न जिल्लाबाट रकम भित्रिने गरेको सहकारीका संयोजक टीकाराम सिग्देल बताए । वि.सं. २०५५ मा स्थापना भएको सहकारीले अहिले एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार