सहकारी सफ्टवेयरमा एकरुपता ल्याइदै
काठमाडौं, ८ माघ। सहकारी विभागले सहकारी संस्थाहरुले प्रयोग गर्ने सफ्टवेयरहरुका सेवा तथा विषेशताहरुमा एकरुपता कायम गराउन पहल थालेको छ । बजारमा भिन्न विषेशता र सुविधा रहेको सफ्टवेयरहरु प्रयोगमा भइरहेकाले त्यसमा सहकारी ऐन, नियम र सिद्धान्त अनुरुप एकरुपता कायम गर्न लागिएको विभागले जनाएको छ ।
विभागका अनुसार सफ्टवेयरहरु अध्ययन तथा विश्लेषण गरी सहकारी सिद्धान्त अनुसार निर्माण भएका र सोही अनुसारका फिचर भएका उपयुक्त सफ्टवेयरहरुलाई सुचिकरण गर्न लागिएको हो । सुचिकरण गरेपछि सहकारी संस्थालाई समेत सहकारी सफ्वेयर छनोट गर्न सजिलो हुने विभागका अधिकारीको भनाइ छ ।
“बजारमा चलिरहेका सफ्टवेयरमा सहकारी सिद्वान्त र मापदण्डअनुसार आवश्यक भए÷नभएको हेर्दैछौं” विभागका उप–रजिष्टार उपेन्द्र बहादुर ढुंगानाले भने, “सहकारी लेखा सिद्वान्तअनुसार नभएका सफ्टवेयरलाई आवश्यक कुरा थप्न अनुरोध गछौं” सहकारी सिद्वान्तअनुसार भएका सफ्टवेयरलाई विभागले आधिकारिता प्रदान गरिने उनले जानकारी दिए ।
अहिले सहकारी संस्थाले विभिन्न कम्पनीको भिन्न भिन्न प्रकारको सफ्टवेयर प्रयोग गर्दै आएका छन् । सफ्टवेयर फरक हुदा अनुगमनमा अफ्ठेरो परेको विभागको अनुभव छ । सफ्टवेयरमा एकरुपमा आएपछि सहकारीको खाता प्रणाली समेत एकै प्रकारका हुने र अनुगमनमा समेत सजिलो हुने विभागको दावी छ ।
सफ्टवेयर अनुसार लेखा राख्ने सिस्टम नै फरक फरक हुदा सहकारी संस्थाको लेखा अनुगमन गर्न अफ्ठेरो भएको विभागका अधिकारी बताउछन् । सबै सहकारीको लेखा प्रणाली एकरुपता कायम गर्न सके सहकारीको तथ्यांक लिन समेत सजिलो हुने तर्क छ ।
हाल देशभर २९ हजार सहकारी दर्ता रहेका छन् । जसमध्ये बचत तथा ऋण कारोबार गर्ने अधिकांश सहकारीले सफ्टवेयरमार्फत कारोबार संचालन गर्दै आएका छन् । ग्रामीण भेगका सहकारीले भने अझै खातामा लेखा राख्ने गरेका छन् । बजारमा बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन)का साथै निजी कम्पनीका एक दर्जन सफ्टवेयरहरु प्रचलनमा रहेका छन् ।
दर्ता भएकामध्ये १२ हजार बचत तथा ऋण र ४ हजार बहुउद्देश्यीय सहकारीले वित्तीय कारोबार गर्दै आएका छन् । यसैगरी कृषि, उपभोक्तालगायत विषयत सहकारीले पनि वित्तिय कारोबार गर्ने गरेका छन् । सहकारीको सख्यात्मक वृद्वी भएपनि अनुगमन प्रभावकारी नहुदा विकृती समेत बढीरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार