८ असोज २०८३, बिहिबार

काठमाडौका २ हजार सहकारीले साधारणसभा गरे

२०७० माघ ८, बुधबार
काठमाडौका २ हजार सहकारीले साधारणसभा गरे

काठमाडौ , ८ माघ। काठमाडौका २ हजार  सहकारी संस्थाले बार्षिक साधारण सभा गरेका छन ।  काठमाडौ जिल्लामा ३ हजार ६ सय ८१ वटा प्राम्भिक सहकारी संस्थाहरु छन् । प्रारम्भिक सहकारी संस्थाहरु मध्ये साधारणसभाको जानकारी आउने क्रम रहेकाले अहिलेको तथ्यांकमा केही घटबढ हुने डिभिजन सहकारी कार्यलयका प्रमुख बलराम निरौलाले जानकारी दिए ।

साधारणसभा सहकारीको सर्वोच्च मञ्च हो । सभाले नै पदाधिकारी चयनदेखि संस्था सञ्चालनका लागि आवश्यक योजना र नीति बनाउने गर्छ । संस्थाको विनियम संशोधन, ब्याजदर निर्धारण, बचत तथा ऋण नीति तय, वार्षिक नीति तथा कार्यक्रम, वासलात साधारणसभाले पास गर्नुपर्छ । त्यस्तै, कार्यकारी प्रमुखको पारिश्रमिक निर्धारण पनि साधारणसभाबाटै गर्नुपर्ने व्यवस्था छ । सहकारी मापदण्ड, २०६८ ले प्रारम्भिक सहकारी संस्थाले असोजभित्र, जिल्ला सहकारी संघले कात्तिक, केन्द्रीय सहकारीले मंसिर र राष्ट्रिय सहकारी संघले पुसभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ । सभामा १ हजारभन्दा बढी सेयर सदस्य भएका संस्थामा १० बराबर एक जना र एक जिल्लाभन्दा बढी कार्यक्षेत्र भएका संस्थामा भने १० प्रतिशत प्रतिनिधि सहभागी हुनुपर्ने व्यवस्था छ ।

मापदण्डले साधारणसभा नगर्ने संस्थालाई समेत कडाइ गर्न थालेको छ । मापदण्डमा नियमित साधारणसभा नगर्ने संस्थालाई सरकारबाट उपलब्ध हुने सेवा–सुविधाहरू नदिने व्यवस्था छ । त्यस्तै, दुई वर्ष साधारणसभा नगर्ने सहकारीलाई खारेज गर्ने व्यवस्था पनि छ ।

अभिलेख

लोकप्रिय