२३ कात्तिक २०८३, सोमबार

झापाका ५० सहकारी खारेजी प्रक्रियामा

२०७० माघ ७, मङ्गलबार
झापाका ५० सहकारी खारेजी प्रक्रियामा

झापा, ७ माघ । आर्थिक वर्ष २०७०÷०७१ मा जिल्लामा संचालित ५ सय ६ वटा सहकारी संस्थाले लेखापरीण र साधारणसभाको स्वीकृति लिए पनि हालसम्म ४ सय ६ वटा सहकारी संस्थाले मात्र साधारणसभाको प्रतिवेदन वुझाएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।

झापामा हाल ७ सय ६२ सहकारी संस्था दर्ता छन् । ति मध्ये ५० वटा सहकारी संस्था खारेजी प्रक्रियामा रहेको डिभिजन सहकारी कार्यालय झापाका प्रमुख नेत्रप्रसाद घिमिरेले वताए । सहकारी संस्थाको दर्ता प्रक्रिया लिएका मध्ये १७ वटा साझा संस्थाहरु करोडौंको सम्पत्ति भए पनि सदस्यको निस्कृयताको कारण संस्थाहरु सक्रिय रुपमा सञ्चालनमा आउन नसकेको उनको भनाई छ । त्यस्तै अन्य एक सय ५० सहकारीहरु थोरै कारोबार अनि अज्ञानताको कमीका कारण साधारण सभा गर्न नसकिरहेको अवस्था रहेको घिमिरेले जानकारी दिए । यसरी निस्कृय अवस्थामा रहेका १७ साझा सहकारीहरुमा गरामनी, चन्द्ररगढी, अनारमनी, धुलावारी, वुधवारे, हल्दीवारी, गौरिगञ्ज, शिवगञ्ज, महाभारा, वनियानी लगायतका साझा सहकारी सस्था रहेका छन् ।
यस आर्थिक वर्षमा सहकारी ऐन अनुरुप काम नर्गने एक सय ३९ सहकारी संस्थालाई डिभिजन सहकारी कार्यालयले जरिवाना गर्ने चेतावनी सहित सहकारी मापदण्ड अनुरुप कारोवार गर्न निर्देशन दिएको छ । त्यस्तै पाँच करोड भन्दा माथिको कारोवार गर्ने २५ सहकारी संस्थाहरुको सहकारी विभागले नै सघन अनुगमन गर्ने योजना सहित अनुगमन शुरु गरेको र सघन अनुगमन पश्चात ती संस्थाहरुको नियमित रुपमा सहकारी मन्त्रालयको प्रत्यक्ष अनुगमनमा राख्ने योजना रहेको वताइएको छ । एक करोड भन्दा बढी कारोवार गर्नेहरुलाई डिभिजन सहकारी कार्यालयले सघन अनुगमन गरिरहेको छ । समस्याप्रद संस्थाहरुको समस्या समाधान गर्न मन्त्रालयमा उच्चस्तरीय आयोग गठन भएको छ भने स्थानीय स्तरमा सहकारी अभियानसंग मिलेर समस्याप्रद संस्थाहरुको अनुगमन गरी सुधार गर्न लगाउने भइरहेको कार्यालय प्रमुख घिमिरेले वताए ।
हाल झापामा बचत तथा ऋण सहकारी संस्थाहरु २ सय ७८ वटा, बहुउद्देश्यीय सहकारी संस्थाहरु १ सय २५ वटा, कृषि सहकारी संस्थाहरु २ सय ४७ वटा, सुपारी १९ वटा, चिया ६ वटा, तरकारी १० वटा, दुग्ध २४ वटा, स्वास्थ्य ३ वटा, पर्यटन १ वटा, मौरी पालन १ वटा, उपभोक्ता १३ वटा, जडिवुटी १७ वटा र जिल्ला सहकारी संघ लगायत विषयगत जिल्लासंघहरु ९ वटा सहकारी सञ्चालनमा आएका हुन् ।

अभिलेख

लोकप्रिय