हातेमालो सहकारी द्वारा नेफ्स्कून पदाधिकारीलाई अभिनन्दन
सिमरा, ६ माघ । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का नवनिर्वाचित अध्यक्ष ऋषिराज घिमिरेसहित केन्द्रीय पदाधिकारी समूहलाई सहकारी अभिनन्दन गरेको छ ।
संस्थाका अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले दोसल्ला ओढाई सहकारी अभिनन्दन पत्रसहित सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा नेफ्स्कूनका महासचिव परितोष पौड्याल, कोषाध्यक्ष नानीबाबु बुढाथोकी र सञ्चालक दामोदर अधिकारी रहेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै नेफस्कूनका अध्यक्ष ऋषिराज घिमिरेले सहकारीले नागरिकहरुवीच आर्थिक तथा सामाजिक गतिविधि गरेर चेतना र समृद्धिको अभियान अघि बढाएको बताए । बचतले उज्ज्वल आर्थिक भविष्य बनाउन सकिने भएकाले सबैलाई सहकारी संस्थामा आवद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग पुर्याउने घिमिरेले बताए । सहकारी विशेषतः बचत तथा ऋण सहकारीमा देखिएको विकृतिका सन्दर्भमा गलत काम गर्नेलाई कारवाहीका लागि राज्यलाई सहयोग पुर्याउन प्रतिवद्ध रहेको बताउँदै घिमिरेले सदस्य तथा नागरिकहरुको बचतलाई जोखिममा पार्ने गतिविधि नगर्न सचेत गराए ।
त्यस्तै आजै मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघले नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ । संघका अध्यक्ष राधा सिन्तानले सम्मान गरे । त्यसैगरी पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघले पनि वीरगञ्जमा नेफ्स्कूनका पदाधिकारीलाई सम्मान तथा अभिनन्दन गरेको छ । संघका अध्यक्ष राजेश पण्डितले नेफ्स्कूनका पदाधिकारीहरुलाई अभिनन्दन गरेका हुन् ।
२० जिल्लामा डिभिजन सहकारी कार्यालय खोल्ने योजना अलपत्र
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
