चन्द्रसुर्य साकोसको अध्यक्षमा पुनः वस्नेत
ललितपुर, ६ माघ । लगनखेल स्थित चन्द्रसुर्य वचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा शनिबार सम्पन्न भयो । सभामा राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारीले सहकारी मार्फत सामाजिक रुपान्तरणको लागि सहकारी अभियानलाई अझै थप उचाईमा लानुपर्ने बताए । यसका लागि सम्पूर्ण संघ संस्थाहरुको ऐक्यबद्धता जरुरी रहेको उनको भनाइ थियो ।
‘राष्ट्रिय सहकारी संघ सहित देशका सबै केन्द्रिय संघ तथा जिल्लास्तरिय संघहरुको ऐक्यबद्धताले मात्रै सिंगो अभियानलाई सकारात्मक गति दिन र यस क्षेत्रको विकास गर्न सहिन्छ ।’ उनले भने । त्यस्तै कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख शशी लम्सालले केहि सहकारीहरुले गरेको बदमासीको कारणले सिंगो अभियानलाई प्रत्यक्ष असर परेको हुँदा सबै सहकारीहरुलाई राज्यको कानुन र सहकारीका मुल्य मान्यता तथा सिद्धान्तहरुलाई आत्मसात गर्दै अगाडि बढ्न सुझाव दिए । जिल्ला सहकारी संघ ललितपुरका उपाध्यक्ष माधब तिमल्सिनाले सहकारी ऐन र नियमावलीको संसोधन तथा पुर्नलेखन कार्यका लागि सरोकारवालाहरुसँग घनिभुत छलफल र आवश्यक समन्वय गरेर मात्र गर्न सकिने बताए ।
सभाले आफ्ना सदस्यका छोराछोरीहरुमध्ये प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान तथा पुरस्कृत गरेको थियो । त्यस्तै सभामा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनका नयाँ सञ्चालकलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो । कार्यक्रमका अर्का आकर्षण हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको बजोड प्रस्तुतीले सभाहललाई अन्तिमसम्म खचाखच पारेको थियो ।
सभाले संस्थाको नियमित सम्पूर्ण एजेण्डाहरु लगायत आ.व. २०६९/०७० को लेखापरिक्षण प्रतिवेदन, आ.व. २०७०/०७१ को अनुमानित आय व्यय समेत पारित गरेको छ भने आगामी ३ वर्षको लागि रामशरण वस्नेतको नेतृत्वमा नयाँ कार्यसमितिको समेत निर्वाचन सम्पन्न गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
