मध्यपुर सहकारीमा अनियमितता
भक्तपुर, ३ माघ । गठ्ठाघरस्थित मध्यपुर बचत तथा ऋण सहकारी संस्थामा व्यापक आर्थिक अनियमितता हुने गरेको छ । आर्थिक अनियमितता कारण संस्था धराशायी बन्दै गएको र निक्षेपकर्ताको बचत जोखिममा परेको छ ।
संस्थामा ऋण लगानी गर्दा सञ्चालक समितिका जिम्मेवार पदाधिकारी र उनीहरूका आफन्त नातेदारहरूलाई तमसुक नै नगराई ऋण दिने गरेको संस्थाको सञ्चालक समितिका निवर्तमान एक पदाधिकारीले जानकारी दिएका छन् ।
ऋणको भाका नाघेपछि ऋण लगानी गरेको मिति सच्याउने गरिएको छ जसले गर्दा संस्थालाई प्राप्त हुने सेवा शुल्क घाटा हुने गरेको स्रोतले बताएको छ । त्यस्तै तमसुकमा रकम उल्लेख नगर्ने, गरे पनि ऋण लिएको रकमभन्दा निक्कै कम उल्लेख गर्ने गरेको स्रोतको भनाइ छ ।
संस्थाले सहकारी ऐन र आर्थिक नीतिनियमविपरीत ऋण असुल नहुँदै धितो फुकुवा गर्ने गरेको स्रोतले बताएका छन् । आर्थिक कारोबार पारदर्शी नहुनु, सञ्चालक समितिका पदाधिकारीहरूले हिसाबकिताब माग गर्दासमेत जानकारी नदिने गरेको स्रोतले दाबी गरेका छन् ।
संस्थामा सञ्चालक समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलोमतोमा आर्थिक कारोबारमा व्यापक अनियमितता भइरहेको स्रोतले जानकारी दिएका छन् । सञ्चालक समितिका जिम्मेवार पदाधिकारीहरूले व्यक्तिगत प्रयोजनका लागिसमेत संस्थाको लाखौँ रकम प्रयोग गरिरहेको बताउँदै स्रोतले संस्थाको बैठकसमेत नियमित बस्न नसकेको जानकारी दिएका छन् । स्रोतले भन्यो–“संस्था पारिवारिक क्लब जस्तै भएको छ । बचतकर्ताको भविष्य राम्रो छैन ।”
संस्थाले सञ्चालक समितिका पदाधिकारीहरूलाई समेत संस्थाको बैठक तथा साधारणसभा र अधिवेशनका निर्णय पुस्तिकाको प्रतिलिपिसमेत उपलब्ध गराइरहेको छैन । यस सम्बन्धमा भक्तपुर जिल्ला अदालतमा गत शुक्रबार रिटसमेत परेको छ ।
रिटमा निवेदकले संस्थाको विनियम ४० को उपनियम ३ बमोजिम साधारणसभाको निर्णय उपलब्ध गराउन माग गरेका छन् । सो रिट निवेदनमाथि सुनुवाइ गर्दै गत आइतबार भक्तपुर जिल्ला अदालतले संस्थाका अध्यक्षका नाममा आफैँ वा कानुनले तोकिए बमोजिमको प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ ।
सञ्चालक समितिका पदाधिकारीहरूको विवादबीच संस्थाको गत मङ्गलबार तेह्रौँ साधारणसभा सम्पन्न भएको छ । सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गरेको छ । २०५७ सालमा दर्ता भएको मध्यपुर बचत तथा ऋण सहकारी संस्थामा कुल ३९७ सेयर सदस्य रहेका छन् ।
संस्थाले गत वर्ष दुई करोड ७१ लाख १२ हजार रुपैयाँ निक्षेप सङ्कलन र ८७ हजार ५५८ रुपैयाँ खुद नाफा गर्न सफल भएको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
