हातेमालो साकोसको कारोबार आफ्नै भवनबाट
सिमरा, २ माघ । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आजदेखि आफनै भवनमा कारोवार शुरु गरेको छ ।
नवनिर्माणाधीन भवनमा वित्तिय कारोवार प्रारम्भ गर्दै संस्थाका अध्यक्ष कृष्ण पौडेलले स्थापनाको साढे पांच वर्षको अवधिमा मध्यतराईको उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा आफुलाई अघि बढाउन सफल भएको बताए । संस्था संचालनमा भौतिक पूर्वाधार व्यवस्थापनले थप सहयोग गर्ने उनले बताए । संस्थाले गुणस्तरीय र सुपथ वित्तिय सेवासंगै विषय विविधीकरण गर्दै व्यवसायका अन्य स्वरुपहरुमा प्रवेश गर्ने पौडेलले बताए ।
संस्थाका लेखा संयोजक डम्मरमणि थेवे लिम्वु, सचिव यज्ञबहादुर आले, लेखा सदस्य रामदयाल साहलगायतको विशेष उपस्थिति रहेको थियो । संस्थाले सिमरामा दुरसञ्चार अगाडि राजमार्ग छेऊ एक कठ्ठा घडेरीमा करीव बाउन्न लाखमा बार्ह कोठाको एक तले भवन निर्माण गरेको छ । संस्थाले आफ्नो वित्तिय कारोवारसहित कृषि उपभोक्ता बजार सञ्चालनको तयारी अघि बढाई रहेको छ । हाल संस्थाले एक हजार तीन सय सदस्यहरुवीच करीव बाह्र करोडको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार