७ वैशाख २०८३, सोमबार

सहकारीताले व्यक्ति, समाज र राष्ट्रलाई सम्बृद्ध बनाउँछ : शर्मा

२०७० माघ १, बुधबार
सहकारीताले व्यक्ति, समाज र राष्ट्रलाई सम्बृद्ध बनाउँछ : शर्मा

टेकराज भण्डारी

अछाम, १ माघ । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष सरोजकुमार शर्माले सहकारीताले व्यक्ति, समाज र राष्ट्रलाई सम्बृद्ध बनाउने भएकोले सबैले सहकारीको सिद्धान्त अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

राजनीतिक उपलब्धि संगै आर्थिक उपलब्धिपनि संस्थागत गरेर लैजानुपर्ने र यसका लागि सहकारीतालाई अघि बढाउनु पर्ने उनको भनाइ थियो । सोमबार जिल्ला बचत तथा ऋण सहकारी संघ अछामको १३ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै सह–अध्यक्ष शर्माले नेपालमा सहकारीलाई पनि अर्थतन्त्रको खम्बा मानिएकोले सहकारी आन्दोलनलाई सार्थक रुपमा अघि बढाउन जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका संचालक भोजबहादुर बमले सहकारी क्षेत्र गरिबि निवारणको उत्तम माध्ययम भएकोले सहकारीलाई उद्यमशिलतामा अग्रसर गराउनु पर्ने बताए । सहकारी मार्फत हाल देशमा १ लाख व्यक्तिले प्रत्यक्ष तथा ५ लाखले अप्रत्यक्ष रोजगार पाएको उनको भनाई छ । आगामी दिनमा सहकारी आन्दोलनलाई व्यवस्थित गरी अघि बढाउनु पर्ने उनको भनाई थियो । संघको वार्षीक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष देबकोटाले हाल जिल्ला सहकारी संघमा २६ संस्था आबद्ध रहेका र शेयर रकम २ लाख ८२ हजार तथा सहकारी संस्थाको मासिक बचत रकम ३ लाख २५ हजार रहेको बताए ।

अछाममा २ सय बढी सहकारी संस्था गठन भएपनि सबै जिल्ला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध नरहेका प्रतिबेदनमा उल्लेख छ । सभाको बन्द शत्रले अध्यक्ष देवकोटाको प्रगती प्रतिवेदन, लेखा तथा सुपरिबेक्षण समितीका संयोजक जनकबहादुर शाहीको बार्षिक लेखा परिक्षण प्रतिवेदन, व्यावस्थापक अमर न्यौपानेको आगामी आर्थिक बर्षको आय व्याय प्रतिवेदन तथा कोषाध्यक्ष चन्द्र प्रसाद भण्डारीको यो वर्षको आय व्याय तथा आगामी कार्ययोजना प्रतिबेदन पारित गरेको छ ।

बन्द शत्रले यसअघि निष्क्रय रहेका १० वटा सहकारी संस्थाको खारेजी प्रक्रिया २ महिना भित्र साधारण सभा गरी लेखा परिक्षण गराएमा छुट गर्ने निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय