७ वैशाख २०८३, सोमबार

अचानक एकदिन

२०७० माघ १, बुधबार
अचानक एकदिन

सियो, फूल र धागोको हुलबाट
छुट्टियो सियो,
माला, माला रहेन अचानक
 
अचानक एकदिन
घाम वर्षा र रङ्गको देशबाट
छुट्टियो घाम
ईन्द्रेणी, ईन्द्रेणी रहेन अचानक
 
जसरी छुट्टियो
सियो,पूmल र धागोको हुलबाट सियो
घाम वर्षा र रङ्गको देशबाट घाम
त्यसै गरी छुट्टिया
फेरि एक दिन
शब्दले–निकाल्यो मस्तिष्क
लयले–झिक्यो मुटु
र स्वरले–दियो जिवन
हेर्दाहेर्दै गुन्जियो गीत
“देश तिमिले मलाई सम्झे कुन्नि कता के के हुन्छ !
मैले तिमिलाई सम्झेँ भने सम्झना त्यो रुमाल हुन्छ ”
 
यति भनिसके पछि पनि अचानक
सहकारी के हो ? कसैले सोध्यो भने मेरो मित्र
देखाई दिनु एउटा यस्तो चित्र
जहाँ पहाडको गलामा होस–ईन्द्रेणीमाला
झरिरहोस
परेलिको आली भत्काउदै
उसको खुसिको आँशु
जसलाई डोर्याउदै डोर्याउदै पुर्याउनेछ
टुरिस्टगाइडजस्तो बाटोले
उसको गन्तब्य – समुद्र
 

– जिचेन स्याङ्गतान, मानिखेल –८ ललितपुर

(५६ औं राष्ट्रिय सहकारी दिवशमा जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा सञ्चालित खुला कविता प्रतियोगितामा द्धित्तीय स्थान प्राप्त कविता)

अभिलेख

लोकप्रिय