७ वैशाख २०८३, सोमबार

समाजसेवाको १ करोड १४ लाखको कारोवार

२०७० पुष ३०, मङ्गलबार
समाजसेवाको १ करोड १४ लाखको कारोवार

काभ्रे ३० पुस । काभ्रेभञ्ज्याङमा स्थापना भएको समाजसेवा बचत तथा ऋण सहकारी संस्था लिले १ करोड १३ लाख ८७ हजार ५ सय ३१ रुपैया कारोवार गरेको छ । शनिवार सम्पन्न संस्थाको साधारणसभाको संस्थाका अध्यक्ष रमेशप्रसाद हुमागाईले उद्घाटन गरेका थिए ।

२ सय ३ जना शेयर सदस्य र १ सय ३ जना बाल सदस्य सहित कुल ३ सय ६ जना शेयर सदस्य रहेको संस्थामा १७ लाख ७१ हजार ८ सय शेयर पुँजी रहेको छ । कार्यक्रममा उत्कृष्ट वालबचत गर्ने सलिना लम्साल र उत्कृष्ट बचतकर्ता राधिका लम्साल, असल ऋणी राजेन्द्रप्रसाद आचार्यलाई संस्थाका अध्यक्ष हुमागाईले सम्मान सहित मायाको चिनो प्रदान गरेका थिए ।

संस्थाका सचिव हरिदेव सिग्देलले संस्थाको प्रगती प्रतिवेदन र काषाध्यक्ष मोहनप्रसाद हुमागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा सुपेरीबेक्षण समितिका संयोजक श्रीराम शर्मा, ऋण समिति सदस्य अर्जुन प्रसाद बजगाई, लेखा परिक्षण प्रतिवेदन दिलिप मिश्रले पेश गरेका थिए ।

अभिलेख

लोकप्रिय