सहकारीको की दलको पार्टी कार्यालय ?
– खिला दाहाल
आजभोली सहकारीका उपल्लो निकायहरु सहकारी प्रवद्र्धन निकायकम पार्टी कार्यालय ज्यादा भएको आरोप खेप्न थालेका छन् । त्यस्ता संगठनहरु दलका कार्यकर्ताको चौतारो झै देखिन थालेका र साथै भिन्न विचार र आस्थाका व्यक्तिहरुलाई झण्डै प्रवेश निषेध झै गराएका छन् ।
प्रवेश पाएका कार्यालयहरुमा पनि बगडेले मासुको मागलगायत बेचेजस्तै भागवण्ण्डामा र सम्झौतामा बाँढीएका छन् । तपाइले किनयस्तो गरेकोभन्ने जिज्ञासा जगाउनु भयो भने, समावेशी बनाएको भन्ने जवाफ पाउनुहनेछ । र सोच्न थाल्नु होला की । तीनदलका मानिसलाई भागबण्डा लगाने वित्तिकै समावेसी हुन्छ र ? दुई वा दुईभन्दा बढीफरक विचार, आस्था, अवस्था र प्रकृति भएपछि भएन समावेसी ? राजनीतिसमग्र देशको नीति हो यसले देश निमार्णमा महत्वपूर्ण भूमिका खेल्छ, देशको हरेक पक्षसँग राज्यको नीति जोडिएको हुन्छ । सबै नागरिकको नैसर्गीक अधिकार होकी उ कुनै न कुनै राजनीतिक दलको विचार आत्मसाथ गर्न पाउँछ र त्यसमा विचार आत्मसाथ गर्न पाउँछ र त्यसमा सहभागी हुन पाउँछ । तर उसको त्यो विचार गलत ठाउँमा गलत तरीकाले प्रयोग भने गर्न मिल्दैन ।नेपालको सहकारी क्षेत्र राजनीति प्रवेश निषश क्षेत्र हो यसमा राजनीति घुसाउन मिसाउन मिल्दैन भनेर तीनै सहकारी अगुवा बोल्दै हिड्छन् । यी सबै वर्तमान अवस्थामा व्यवाहरमा भन्दा बोलीमा मात्र सिमित देखिएका छन् ।
राष्ट्रिय सहकारी संघ तीन दललाई भागवण्डा लगाउनु , केन्द्रिय सहकारी संघहरुमा, कांग्रेस, एमाले र मालोवादी प्यानलमा बाढीएर चुनाव गराउनुसंघ संस्थाहरुको सदस्यतामा पार्टीका टाउका गन्नु अहिलेको सहकारी अभियान सामान्य भइसकेको छ भने, केन्द्रिय निकाय र जिल्ला संघहरुको त कुरै छाडौ प्रारम्भीक संस्थाहरुपनि विचार र आस्थाका आधारमा मात्र स्थापना हुनु तपाइ यसलाई अभियानको उपलब्धी भन्नु हुन्छ की । दुर्गती भन्नुहुनछ । राजनीतिक छवी भएका व्यक्तित्वहरुको मात्र नेतृत्व निकायमा वर्चश्व रहेकाले पनि अभियानले धार परिर्वतन गर्न नसकेको आरोप छ । त्यसपछि भर्खरै सहकारी संगजोडिएर स्थापना गरिएको “सहकारी पार्टीले त सहकारी बजारलाई वैशाखको गर्मीभन्दा पनि बढी तताएको छ र त्यसमाथी पनि सहकारीकर्मी र सहकारीको केन्द्रिय संघ सँग जोडिएका व्यक्ति भएकाले झनै अहिले आलो घाउमा नुन छर्किएझै भएको छ ।
सहकारीका १६ वटा केन्द्रिय संघ त्यत्तिकैमात्रमा सहकारी निकायहरुलाई वेवास्था गर्दै पार्टी दर्ता हुनु ठूलै खेल भएको केहीको विचार छ भने हुनुपर्ने काम भएको भन्नेहरुपनि कम छैनन् । तर जे होस् सहकारी र राजनीतिलाई सँगै लिन नहुने र राजनीति प्रवेश गराउन हुँदैन भन्नेहरुका लागि दरो झापाडनै भएको छ । यो किन र कसरी जन्मियो भने अहिलेको सहकारी अभियानका अगुवाहरुले बोलिले हइन व्यवहारले देखाएको प्रतिफल हो । अग्रजहरुले सिकाएको बाटोको चाल हो किनकी अहिलेको अभियानको अगुवाहरु जे बोल्छन् त्यो गर्दैनन् । जे व्यवहार गर्छन् त्यो बोल्दैनन् । पछिल्लो पिडिले व्यवहार पछ्याउँदै गएका छन् । बोलीमा जे बोलिएपनि व्यवहारमा राजनीति गर्न सिकाएको छ । यो पक्कै हो । ख्याल रहे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार