२० साउन २०८३, बुधबार

स्यूचाटार सहकारीले १३ प्रतिशत नगद लाभांश दिने

२०७० पुष १७, बुधबार
स्यूचाटार सहकारीले १३ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १७ पुस । स्यूचाटार बचत तथ ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०६९/७० को नाफाबाट सदस्यहरुलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको सोमबार आयोजित सातौं साधारणसभामाले सो निणर्य गरेको हो । संस्थामा कुल एक हजार तीन सय ९८ जना सदस्य रहेको छ । सभामा संस्थाका अध्यक्ष वीरेन्द्रबहादुर थपलियाले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै आव २०६९/७० मा संस्थाको कुल सम्पत्ति २३ करोड ५९ लाख ८१ हजार पुगेको बताए । यसैगरी संस्थाको सेयर पुँजी एक करोड ९४ लाख ८३ हजार र निक्षेप २० करोड ४६ लाख १८ हजार पुगेको उनको भनाइ थियो । सो अवधिमा ऋण लगानीतर्फ एक सय ४४ र साँवा असुलीतर्फ एक सय २७ प्रतिशत प्रगति भएको उनले बताए । आव २०६९/७० मा संस्थाले २२ करोड नौ लाख ८३ हजार साँवा असुली गरेको जनाइएको छ ।
संस्थाले ग्रामीण र सहरी क्षेत्रलाई कार्यक्षेत्रमा समेटी ‘गाउँ सहर सहभागिता कार्यक्रम’ सञ्चालन गर्ने सोचसहित अघि बढ्ने प्रयास गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं १३, १४ र १५ सहित स्यूचाटार, सीतापाइला, पुरानो नैकाप, नयाँ नैकाप, तीनथाना, सतुङ्गल, बलम्बु र दहचोक गरी आठ गाविसमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको सहकारीको क्षेत्रमा एक नमुना सहकारीको रूपमा विकसित हुँदै गएको छ ।

अभिलेख

लोकप्रिय