२० साउन २०८३, बुधबार

नेफ्स्कून समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा क्रियाशिल– पौडेल

२०७० पुष १७, बुधबार
नेफ्स्कून समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा क्रियाशिल– पौडेल

सिमरा १७ पुस । भोडाहास्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक कृष्ण पौडेललाई मंगलवार सम्मानित गरेको छ ।

भोडाहा बजारमा आयोजित कार्यक्रममा महालक्ष्मी सहकारीका अध्यक्ष वीरेन्द्र यादवले पौडेललाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मानित गरेका हुन । कार्यक्रममा साना किसान कृषि सहकारी संघका सचिव पुनदेव रौनियार, भोडाहा गाविसका पूर्व अध्यक्षहरु शिवबिहारी चौधरी, भुवाली साह र शंकर राउत, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, नेपाली कांग्रेसका राजेन्द्र चौधरी, नेकपा (एमाले) का भुनेश्वर कुशवाहा, एकीकृत माओवादीका पैगम्वर मियां, महालक्ष्मी महिला समूहकी अध्यक्ष मदिना खातुन, स्वस्तिक सहकारीका अध्यक्ष रामलखन यादव, तपी उच्च मावि व्यवस्थापन समिति सदस्य धनेश्वर कुशवाहा, साना किसान कृषि सहकारी संस्थाका सञ्चालक बासुदेव साह कानु र व्यवस्थापक नगिनाप्रसाद साहलगायतले पौडेललाई बधाईसहित शुभकामना दिएका थिए ।

कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानलाई प्रभावकारी र गुणस्तरीय बनाउन आफु प्रतिवद्ध रहेको बताए । नेफ्स्कून दिगो बचत तथा ऋण सहकारी संस्थाहरुमार्फत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा क्रियाशिल रहेको नेफ्स्कून पौडेलले बताए ।

पुस ५ र ६ गते सम्पन्न नेफ्स्कूनको बाइसौं वार्षिक साधारणसभाबाट पौडेल खुला सञ्चालकमा सर्वाधिक मतले विजयी भएका हुन । हाल नेफ्स्कूनमा मध्यतराई जनकपुर र नारायणीबाट प्रतिनिधित्व गर्ने सञ्चालक हुन् । उनी राष्ट्रिय सहकारी बैंक सिमराका संयोजक, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष तथा हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सिमराका अध्यक्षसमेत हुन् ।

अभिलेख

लोकप्रिय