७ वैशाख २०८३, सोमबार

सहकारीको नाटक शुरु, नाटक सहकारी ठगीमा केन्द्रित

२०७० पुष १६, मङ्गलबार
सहकारीको नाटक शुरु, नाटक सहकारी ठगीमा केन्द्रित

काठमाडौं,  १६ पुस । सूचना चौतारी सञ्चार सहकारी संस्था तथा शिल्पी नाट्य समूहको आयोजनामा सोमबारदेखि सहकारी कथावस्तु समेटिएको नाटक शुरु भएको छ । ‘जेसिमो बेटा भर्सन २०१४’ नामक नाटकले सहकारी क्षेत्रको कथावस्तु समेटेको छ ।sahakari natak 3

सहकारीकर्मीमाझ जनचेतना प्रदान गर्ने उद्देश्यले सहकारीको कथा समेटिएको उक्त नाटक गोठाले थिएटरमा मञ्चन भइरहेको छ ।  एक हप्तासम्म सञ्चाललन हुने नाटकमा सहकारीको ठगी, सहकारीले गरेका राम्रा काम, सहकारी सञ्चालन गर्दा अपनाउनुपर्ने सन्देश प्रवाह गरिएको छ ।

सो अवसरमा बोल्दै कलाकार लक्ष्मी गिरीले सहकारीमा विकृति भित्रिन लागेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताइन । ‘सहकारीमा विकृति भित्रिन नदिन यस नाटकले सन्देश दिएको छ, सहकारीबाट आर्थिक उपार्जनमा जोड दिनुपर्छ’ उनले भनीन् । अहिले ढुकुटी खेलाउनेतर्फ सहकारी लागेको भन्दै त्यसतर्फ नलाग्न पनि सहकारी संस्थालाई उहाँको आग्रह थियो ।
एजीङ नेपालका अध्यक्ष कृष्णमुरारी शर्माले सहकारी शिक्षाको कमीका कारण सहकारीमा विकृति देखा परेको बताए । सबै माझ सहकारी शिक्षा दिन आवश्यक भएको उनको भनाइ थियो । पद्मावती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इनद्रमणि शाक्यले केही सहकारीमा विकृति देखा परे पनि सहकारीले उदाहरणीय काम गरेको बताउनुभयो । सहकारीले आर्थिक विकासमा राम्रो गरेका छन्, यसको विकासका लागि अझै लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।sahakari natak2

सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले नाटकबाट सहकारीको जनचेतना फैलाउन आफूहरु लागेको बताए । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सहकारीको विकासका लागि लाग्न जरुरी रहेको उनको भनाइ थियो ।

अभिलेख

लोकप्रिय