७ वैशाख २०८३, सोमबार

सहकारी ऋण कोषको कर्जा लगानी १३ करोड

२०७० पुष १५, सोमबार
सहकारी ऋण कोषको कर्जा लगानी १३ करोड

काठमाडौ। १५ पुस । ललितपुर जिल्लाको मानभवनमा रहेको सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाको २१ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद कुमार गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी संघका पुर्व अध्यक्ष दिपक प्रकाश बास्कोटा सहभागि थिए । त्यस्तै अन्य अतिथिहरुमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरी बजगाई,नेफ्स्कुनका सञ्चालकहरु दिपक पनेरु तथा रीना आचार्य,ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरे सहभागि थिए ।

संस्थाका अध्यक्ष विनोद कुमार गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पँुजी १ करोड ८०लाख ५५ हजार छ भने निक्षेप रु.१३ करोड ५५ लाख र कर्जा लगानी १३ करोड ४७ लाख रहेको छ । संस्थाले १३ लाख ६७ हजार नाफा आर्जन गरेको सो अबसरमा जानकारी दिइयो ।

अभिलेख

लोकप्रिय