७ वैशाख २०८३, सोमबार

सहकारी अभियानका हस्ती बडाल र ओमदेवी संविधानसभा सदस्य

२०७० पुष १५, सोमबार
सहकारी अभियानका हस्ती बडाल र ओमदेवी संविधानसभा सदस्य

काठमाडौं, १५ पुस ।समानुपातिकको कोटाबाट सभासद बन्नेहरुमा सहकारी आन्दोलनमा होमीएका सहकारीकर्मीहरु पनि परेका छन् । नेपाली काँगेसले सोमबार निर्वाचन आयोगमा बुझाएको सूचीमा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा सहकारी अभियानकी महिला नेतृ ओमदेवी मल्ल जोशी नेपाली कांग्रेसबाट संविधानसभा सदस्य पदमा चयन भएकी छिन ।जोशी शंखमुल स्थित रिलायबल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेकी छिन् ।

यस अघि एमालेले आयोगमा बुझाएको सूचीमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडाल संविधानसभा सदस्य पदमा चयन भै सकेका छन। सहकारी क्षेत्रका यि दुई अगुवा संविधान सभामा प्रवेश गर्नुलाई सहकारी क्षेत्रले आर्थिक क्रान्तिमा आफुलाई दरिलो तरिकाले उभ्याउन मदत पुग्ने बताएको छ ।

अभिलेख

लोकप्रिय