सीतापाइला सहकारीले १५ प्रतिशत लाभांश दिने
२०७० पुष १३, शनिवार
काठमाडौँ, १३ पुस । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको आज बसेको १४ औँ साधारणसभाले सो निर्णय गरेको हो । सो सहकारीको संस्थागत पुँजी अहिलेसम्म रु एक करोड २२ लाख ८९ हजार ४०६ रहेको तथा कुल सञ्चालन खर्च रु चार करोड ५४ लाख तीन हजार ७६२ छ ।
नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित सभासद् भीमसेनदास प्रधानले सहकारीले देशका विभिन्न स्थानमा वित्तीय कारोबारको माध्यमबाट आर्थिक गतिविधि सञ्चालन गर्दै समाजमा आर्थिक समृद्धि कायम गर्न योगदान गरेकामा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष केदार मानन्धरले वित्तीय क्षेत्रमा देखिएको तरलतालाई व्यवस्थापन गरी वित्तीय सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आर्थिक विकासमा भूमिका खेल्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार