१९ साउन २०८३, मङ्गलबार

सहकारी संस्था सामाजिक सद्भाव र एकताका लागि उपयोगी बन्दै

२०७० पुष १०, बुधबार
सहकारी संस्था सामाजिक सद्भाव र एकताका लागि  उपयोगी बन्दै

काठमाडौ, १०  पुस । कीर्तिपुर नगरपालिका वडा नं १६ नगाउँस्थित नगाउँ बचत तथा ऋण सहकारी संस्था सामाजिक सद्भाव र एकताका लागि अत्यन्त उपयोगी बन्दै गएको छ ।

लघु बचतका माध्यमबाट सर्वसाधारणको आर्थिक उन्नतिको लक्ष्य राख्दै २०६६ सालमा स्थापित सहकारी आफ्नो स्थापनाको चार वर्षमा नै सामुदायिक सद्भाव र एकताका लागि उपयोगी देखिएको छ ।

स्थानीयवासीको लघु पुँजी सङ्कलन गरी त्यसको परिचालनका माध्यमबाट समुदायको आर्थिक स्तर अभिवृद्धि गर्दै अघि बढेको सहकारीले छोटो समयमा नै कुल चुक्ता पुँजी रु ४३ लाख पुर्याउन सफल बनेको छ ।

सहकारीका अध्यक्ष राजेन महर्जनका अनुसार सहकारीका हाल जम्मा १३७ सेयर सदस्य रहेका छन् ।

सहकारीका कारण समुदायका व्यक्तिको आर्थिक स्तर सकारात्मक मार्गमा उन्मुख हुनाका साथै समाजमा निकै राम्रो एकता र सद्भाव कायम भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सहकारीका कारण समाजमा आइपर्ने विभिन्न समस्याको सामूहिक समाधान हुने गरेको र आफ्नो समुदायमा सबैमा आफ्नो भन्ने भावना विकास भएको छ ।

सहकारीका माध्यमबाट एकआपसमा सद्भाव, एकता र आर्थिक समुन्नति गराउने लक्ष्यअनुरूप कीर्तिपुर क्षेत्रमा हाल ९० को हाराहारीमा सहकारीहरू क्रियाशील छन् ।

अभिलेख

लोकप्रिय