सहकारी संस्था सामाजिक सद्भाव र एकताका लागि उपयोगी बन्दै
काठमाडौ, १० पुस । कीर्तिपुर नगरपालिका वडा नं १६ नगाउँस्थित नगाउँ बचत तथा ऋण सहकारी संस्था सामाजिक सद्भाव र एकताका लागि अत्यन्त उपयोगी बन्दै गएको छ ।
लघु बचतका माध्यमबाट सर्वसाधारणको आर्थिक उन्नतिको लक्ष्य राख्दै २०६६ सालमा स्थापित सहकारी आफ्नो स्थापनाको चार वर्षमा नै सामुदायिक सद्भाव र एकताका लागि उपयोगी देखिएको छ ।
स्थानीयवासीको लघु पुँजी सङ्कलन गरी त्यसको परिचालनका माध्यमबाट समुदायको आर्थिक स्तर अभिवृद्धि गर्दै अघि बढेको सहकारीले छोटो समयमा नै कुल चुक्ता पुँजी रु ४३ लाख पुर्याउन सफल बनेको छ ।
सहकारीका अध्यक्ष राजेन महर्जनका अनुसार सहकारीका हाल जम्मा १३७ सेयर सदस्य रहेका छन् ।
सहकारीका कारण समुदायका व्यक्तिको आर्थिक स्तर सकारात्मक मार्गमा उन्मुख हुनाका साथै समाजमा निकै राम्रो एकता र सद्भाव कायम भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सहकारीका कारण समाजमा आइपर्ने विभिन्न समस्याको सामूहिक समाधान हुने गरेको र आफ्नो समुदायमा सबैमा आफ्नो भन्ने भावना विकास भएको छ ।
सहकारीका माध्यमबाट एकआपसमा सद्भाव, एकता र आर्थिक समुन्नति गराउने लक्ष्यअनुरूप कीर्तिपुर क्षेत्रमा हाल ९० को हाराहारीमा सहकारीहरू क्रियाशील छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार