सहकारी संस्था सामाजिक सद्भाव र एकताका लागि उपयोगी बन्दै
काठमाडौ, १० पुस । कीर्तिपुर नगरपालिका वडा नं १६ नगाउँस्थित नगाउँ बचत तथा ऋण सहकारी संस्था सामाजिक सद्भाव र एकताका लागि अत्यन्त उपयोगी बन्दै गएको छ ।
लघु बचतका माध्यमबाट सर्वसाधारणको आर्थिक उन्नतिको लक्ष्य राख्दै २०६६ सालमा स्थापित सहकारी आफ्नो स्थापनाको चार वर्षमा नै सामुदायिक सद्भाव र एकताका लागि उपयोगी देखिएको छ ।
स्थानीयवासीको लघु पुँजी सङ्कलन गरी त्यसको परिचालनका माध्यमबाट समुदायको आर्थिक स्तर अभिवृद्धि गर्दै अघि बढेको सहकारीले छोटो समयमा नै कुल चुक्ता पुँजी रु ४३ लाख पुर्याउन सफल बनेको छ ।
सहकारीका अध्यक्ष राजेन महर्जनका अनुसार सहकारीका हाल जम्मा १३७ सेयर सदस्य रहेका छन् ।
सहकारीका कारण समुदायका व्यक्तिको आर्थिक स्तर सकारात्मक मार्गमा उन्मुख हुनाका साथै समाजमा निकै राम्रो एकता र सद्भाव कायम भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सहकारीका कारण समाजमा आइपर्ने विभिन्न समस्याको सामूहिक समाधान हुने गरेको र आफ्नो समुदायमा सबैमा आफ्नो भन्ने भावना विकास भएको छ ।
सहकारीका माध्यमबाट एकआपसमा सद्भाव, एकता र आर्थिक समुन्नति गराउने लक्ष्यअनुरूप कीर्तिपुर क्षेत्रमा हाल ९० को हाराहारीमा सहकारीहरू क्रियाशील छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार
श्रमिकदेखि सफल सहकारी सीईओसम्म: के.बी. लामाको संघर्ष, नेतृत्व र सफलताको यात्रा
१८ श्रावण २०८३, सोमबार
दिपक तिमिल्सिना बने बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक
१४ श्रावण २०८३, बिहीबार