लघुउद्यम विकास कार्यक्रमको सहकारी अभियान
इटहरी, ९ पुस । अष्ट्रेलियन सहयोग नियोग र युएनडिपीको आर्थिक सहयोगमा सुनसरीका विभिन्न गाविसमा लघुउद्यम सहकारी सञ्चालन भएका छन् ।
कार्यक्रम सञ्चालन भएको छोटो अवधिमा नै जिल्लाको ४८ गाविसमध्ये ३३ गाविस र तीन नगरपालिकाको गरिबी न्यूनीकरणमा केन्द्रित रहेर लुघ उद्यमशीलता कार्यक्रममार्फत उद्यम सिकाउ हातमा सीप दिएर महिलालाई क्रियाशील बनाउने काम भइरहेको छ ।
जिल्लाको महेन्द्रनगरमा आभा लघुउद्यमी बचत तथा ऋण सहकारी संस्थाले मासिक बचतसँगै आफ्ना सेयर सदस्यलाई उचित ब्याजदरमा ऋण परिचालन गर्दै आएको सो सहकारीकी व्यवस्थापक निर्मलादेवी घिमिरेले जानकारी दिनुभएको छ ।
विशेषगरी उद्यमशीलताको विकासमा जोड दिएर समूह निर्माण गर्दै सोही समूहलाई आयआर्जनसम्बन्धी सीपमूलक र स्वरोजगार सिर्जना गर्ने तालिम दिएर दक्ष बनाउनु लघुउद्यम विकास कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम अधिकृत राजकुमार राई बताउनुहुन्छ ।
लघुउद्यम विकास कार्यक्रममा सहभागी भएकाकै सक्रियतामा जिल्लाको नौ स्थानमा सहकारी संस्था विधिवत् दर्ता गरेर सञ्चालनमा ल्याउने कार्य भइसकेको राईले जानकारी दिनुभयो ।
लघुउद्यम विकास कार्यक्रमले विष्णुपादुका गाविसमा बेसार उत्पादन प्रशोधन र बिक्री गर्ने उद्देश्यले सहकारी संस्था सञ्चालनमा ल्याएको छ ।
लघुउद्यम विकास कार्यक्रमले हालसम्म जिल्लाको कार्यक्रम सञ्चालित गाविस र नगरपालिकाका दुई हजार ४०० महिला तथा पुरुषलाई तालिम दिई सकेको छ । तालिम प्राप्त गरिसकेकालाई ३७५ वटा समूहमा आबद्धता गराउने कार्य पनि सम्पन्न भइसकेको छ ।
आभाले स्थापना भएदेखि नै गाउँघरमा राम्ररीसेवा दिन थालेको आभाका पूर्व व्यवस्थापक नरनाथ चौलागाईंले बताउनुभएको छ । करोडाँैको कारोबार गर्न सफल भइसकेका लघुउद्यम विकास कार्यक्रममा समेटिएका सहकारीमध्ये कोसी बाढी प्रभावित क्षेत्रका हरिपुर र श्रीपुर गाविसमा एकएक वटा तरकारीजन्य वस्तु सङ्कलन प्रशोधन बजार प्रवद्र्धन गर्ने सहकारी संस्था क्रियाशील रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार