महिलाको सहकारीको दुई करोड सम्पत्ति
इलाम : नारी विकास बहुद्देश्यीय सहकारी संस्थाले स्थापना भएको २२ वर्षमा दुई करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको छ । संस्थाको शनिबार सम्पन्न बाइसौँ साधारणसभामा संस्थाकी अध्यक्ष मन न्यौपानेले संस्थामा आबद्ध एक हजार ४६ जना महिला सदस्यबाट दुई करोड १३ लाख एक हजार आठ सय ८२ रूपैयाँ सम्पत्ति आर्जन गरेको प्रतिवेदन पेस गरीन ।
वि.सं. २०४८ मा नारी विकास संघको पहलमा २५ जना सेयर सदस्यबाट २५ रूपैयाँले सुरु गरिएको संस्थाको पुँजी दुई दशकपछि यति धेरैले वृद्धि भएको हो । पाँच हजारदेखि तीन लाख रूपैयाँसम्म सामूहिक धितोको आधारमा संस्थामा आबद्ध सदस्यलाई ऋण लगानी गर्दै आएको छ । साधारण सदस्य दुई २४, लघुवित्त सदस्य छ सय २३ र दैनिक बचत सदस्य एक सय ९९ जना सदस्यमार्फत संस्थाले व्यावसायिक कृषिमा एक करोड ८७ लाख ३३ हजार पाँच ७४ रूपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले छ जनालाई एक हजार पाँच सय का दरले राहत रकम, नौ जनालाई एक हजारका दरले सुत्केरी पोषण खर्च प्रदान गरेको छ । २०६९ सालको प्रवेशिका परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउने संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये दुई जनालाई पुरस्कृतसमेत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार