७ वैशाख २०८३, सोमबार

भारतिय दुग्ध सहकारीको अभियानकर्ता : अमुल

२०७० पुष ५, शुक्रबार
भारतिय दुग्ध सहकारीको अभियानकर्ता : अमुल

काठमाडौं । भारतीय सरकारले सन् १९४५ मा ल्याएको ‘बम्बे मिल्क स्किम’ बाट बिचौलियाले धेरै नाफा खाएपछि किसानहरु शोषणमा परे । रातदिन खटने किसानले मिहेनतको मोल नपाएपछि बिचौलियाको विरोधमा सुरु भएको दुग्ध सहकारी आन्दोलन अहिले विश्वकै उदाहरणीय बनेको छ ।

उत्पादक किसानलाई अधिक लाभ दिन उदेश्यका साथसरदार बल्लभ भाइ पटेलको अगुवाइमा भारतमा दुग्घ सहकारी आन्दोलन सुरु भयो । सन् १९४६ मा भारतको गुजरात राज्यको आनन्द जिल्लामा स्थापना भएको ‘खेडा जिल्ला सहकारी दुग्ध उत्पादक संघ’ ले किसानबाट दुघ संकलन गरी अमूल ब्रान्डको नामबाट दुग्धजन्य उत्पादन थालेपछि यसले ठुलो आन्दोलनको रुप लियो र किसानको जिवनस्तरमा समेत ठुलो प्रभाव पा¥र्यो । यसबाट लाखांै किसान आर्थिक रुपले आत्मनिर्भर बन्नुका साथै उनीहरुको सामाजिक, शैक्षिक, स्वास्थ्य स्थितिमा समेत परिवर्तन ल्याएको छ ।

दुई वटा गाउँका केही सदस्यबाट सुरु भएको अमूलमा हाल १ हजार भन्दा बढी सहकारी संघमार्फत करित ७ लाख कृषक आवद्व रहेका छन् । संघमा सदस्यता लिने किसानले प्रवेश शुल्कबापत एक रुपैयाँ तिर्नपर्छभने १० रुपैयाँको सेयर पनि खरिद गर्नपर्छ ।
श्वेत क्रान्तिको नामले समेत चिनिने अमूलले ग्रामीण भारतको विकासमा ल्याएको आर्थिक क्रान्ति विश्वकै लागि नमुना बनेको छ । अमूल कै कारण भारत विश्वकै ठूलो दूध र दुग्धजन्य पदार्थउर्पादन गर्न मुलुक बनेको छ । अमूल ब्रान्डमा दूध, घिउ, दही, बटर, चिज, पनिर, मिठाईलगायत १ सय १४ दुग्धजन्य उत्पादन हुदै आइएको छ । अमूल उत्पादनको व्यवस्थापन र मार्कटिङको जिम्मा गुजरात को–अपरेटिभ मिल्क मार्केटिङ फेडरेसन (जिसिएमएमएफ) ले लिएको छ ।

अमूललाई आजको अवस्थामा ल्याइपु¥याउन महासंघका निर्वतमान महाप्रबन्धक स्व डा. वर्गिस कुरेनको ठूलो हात छ । उनको व्यवस्थापकीय कुशलताका कारण अमूलले आर्थिक क्रान्ति गर्न सफल भएको मानिन्छ । निजी कम्पनीहरुले सेयरधनीलाई बढी नाफा दिनका लागि बढी नाफा राख्छन् । जसले गर्दा उत्पादनकर्ता किसान र उपयोगकर्ता सर्वसाधारण दुवै मर्कामा पर्छन् । तर, सहकारीमा भने भएको नाफा पुनः किसानकै पोल्टामा फर्कन्छ । दूध बेचेर पाएको पैसा बाहेक बिक्रिबाट आएको नाफा पनि तिनै सदस्य किसानले पाउछन् ।

सुरुमा दैनिक २ सय ५० लिटर दूध संकलन हुने गरेको अमूल डेरीमा हाल दैनिक करिब साढे १४ लाख लिटर दूध खपत गर्नसक्ने क्षमता छ । करिब १ हजार ३ सय ७८ करोड भारु बराबरको वार्षिक कारोबार गर्दै आएको छ । भारतबाहेक अमूल नेपाल, बंगलादेश, युएई, बंगलादेश, नेपाल, अस्ट्रेलिया, सिंगापुर, चीन र दक्षिण अफ्रिकालागयत मुलुकमा पुगेको छ । सहकारी आन्दोलनको इतिहासमा अमूलले पाएको सफलता भारतलगायत विश्वका थुप्रै मुलुकका लागि उदाहरणीय छ । यसले किसानहरूमा आर्थिक सशक्तिकरण त ल्याएको छ नै, सहकारीमार्फत लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाई र जातीय विभेदको अन्त्य र शिक्षालगायत क्षेत्रमा पनि ठुलो परिवर्तन ल्याउन सफल भएको छ । अमुलले अहिले मूलले पशु स्वास्थ्य सेवाअन्र्तगत १ सय १० भेटेनरी संचालन गर्नुका साथै पशु आहारका लागि दैनिक १ हजार ५० मेट्रिक टन क्षमताको दाना प्लान्ट समेत सञ्चालन गरिरहेको छ । पशु स्वास्थ्यकै क्षेत्रमा अनुसर्धानका लागि अमूल रिसर्च एन्ड डेभलपमेन्ट एसोसिएसन पनि छ । यस्तै कृत्रिम गर्भाधान केन्द्रले स्वास्थ्य शिक्षा, पोषण र यौन शिक्षामा योगदान दिएको छ ।
सहकारीहरूको आफ्नै स्वास्थ्य सेवा केन्द्र छन् । त्रिभुवनदास फाउन्डेसन अन्तर्गत आमा र बच्चाको स्वास्थ्य सेवाका लागि काम हुन्छ । सहकारीको कल्याणकारी कोषबाट गाउँमा सडक, पानी ट्ङंयाकी, बच्चाको पढाइका लागि पुस्तक, छात्रवृत्तिलगायत क्षेत्रमा सहयोग दिने गरेको संघले जनाएको छ ।

आनन्द सहकारीको मोडलबाटै प्रभावित भएर भारत सरकारले सन् १९६४ मा राष्ट्रिय डेरी विकास बोर्ड स्थापना गरेको हो । तत्कालिन प्रधानमन्त्री लालबहादुर शास्त्रीले आनन्द जिल्लास्थित सहकारी युनियनको गाईवस्तुको आहारसम्बन्धी प्लान्ट उद्घाटनमा जाँदा अमुलबाट प्रभावित भई त्यस मोडललाई देशभरि लागू गर्न दिएको निर्देशन अनुसार सन् १९६५ मा बोर्ड गठन भएको थियो । सुरुमा सहकारी अन्तगर्त रहेको यो बोर्ड हाल सरकारी स्वामित्वमा छ भने यसले दुग्ध विकासमा काम गरिरहेको छ ।

अभिलेख

लोकप्रिय